२३ आश्विन २०७५, मंगलवार अस्पताल आम विरामीको लागि आशा र भरोषा मात्रै होइन् अन्तिम गन्तब्य पनि हो । तर, यहि अस्पताल आफै विरामी भयो भने के हुन्छ ? अस्पताल आफैले आफूप्रतिको भरोषा गुमायो भने के हुन्छ ? कान्ति बाल अस्पताल जस्तो छ,
वालबालिका लागि भनेर खुलेको नेपालैकै सबैन्दा पुरानो वाल अस्पताल कान्ति आफै विरामी मात्रै भएको छैन । करिब कोमामा पुगेको छ । लाथालिङ्ग बन्दै गएको अस्पतालले विरामी वालबालिकालाई विना उपचार फर्काउनु सामान्य जस्तै; बन्दै गएको छ । विरामीले भर्ना नपाउने मात्रै होइन चिकित्सकको मुख पनि मुस्किलले देख्न पाइन्छ कान्तिमा ।
हो त्यस्तै हुन्छ ।
दैनिक ७ सय देखि ९ सयसम्म बिरामी उपचारका लागि आउदा करिब आधाजसो विरामी रित्तै फर्किने गरेका छन् । चिकित्सककै अभावका; कारण उपचार समेत मुस्किल बन्दै गएको कान्तिबाट कतिपय विरामी थप रोगको भारि बोकेर रिफर हुने गरेका छन् ।
स्वास्थ्य मन्त्रालयलको वेवास्था अनि प्रशासनको कमजोर ब्यवस्थापनका कारण कान्तीको कन्तविजोग हुँदै गएको छ । कान्ति एउटा समस्याले मात्रै ग्रसित छैन । गतिलो गरि विरामीको उपचार गर्न नसकेको कान्तिमा आर्थिक संकट पनि उतिनै गहिरिदै गएको छ ।
करारमा कर्मचारी थपिदै गएपछि मासिक तलव खुवाउन पनि धौ धौ हुन थालेको छ । अस्पताललाई कर्मचारीको तलव खुवाउनेदेखि अन्य मलसन्त खर्चको जोहो गर्ने विषयले हरेक महिना टाउको दुखाउने गरेको छ ।
यता आर्थिक अभावकै कारण करारमा रहेका नर्सहरुले चाडपर्वको मुखमा तलव समेत पाउन कठिन भएको भन्दै गुनासो गर्न थालेका छन् । उनीहरु अस्पताल प्रशासनले आफूहरुलाई सधै सोतेनी व्यबहार गरेको र आफूहरुको समस्यामा कहिल्यै गम्भिर नभएको समेत दुखेको पोख्न थालेका छन् ।
आर्थिक अभावले मात्रै कान्तिको कन्तविजोग भएको होइन् । आफू अनुकुलका कर्मचारी जथाभावी भर्ना गर्नेदेखि जे सुकै शीर्षकमा मनलाग्दी खर्च गर्ने परिपाटीले पनि कान्ति झन झन जर्जर बन्दै गएको छ । न अस्पतालमा कति र कस्ता कर्मचारी आवश्यक छ भनेर अध्ययन नै भएको छ न त्यसलाई बलियो बनाउने योजना नै बुनिएको छ ।
आर्थिक अभाव देखाउदै प्रशासन र व्यवस्थापनले चरम लापरबाही गरेकै कारण अस्पताल दयनीय अवस्थामा पुगेको धेरैको भनाई छ । तर, अस्पतालका निर्देशक गणेश कुमार राई आर्थिक अभावकै कारण अस्पताल समस्यामा परेको दावी गर्छन् । दरबन्दी अनुसार चिकित्सक नभएकै कारण उपचारमा समस्या भएको बताउँछन् ।
दरबन्दी छ चिकित्सक छैनन्, उपकरण छ, उपयोग छैन्, विरामी छन् गतिलो उपचार छैन् । यहि ब्यथाबाट केहि वर्ष यता गुज्रिदै आएको कान्ति अहिले झन झन संकटमा पर्दे गएको छ । कुनै समय वालवालिकाको उपचारका लागि दक्षिण एसियामै उत्कृष्ट मानिने कान्ति सरकारको वेवास्ता र फितलो व्यवस्थापनका कारण उपचार कम रिफर सेन्टर ज्यादा बन्दै गएको छ ।
यो हरिविजोगबाट कान्ति गुज्रिरहदा स्वास्थ्य मन्त्रालय भने निरिह प्राणी जसरी टुलुटुलु हेरिरहेको छ । समस्यासंग जुधिरहेको कान्तिलाई जोगाउन मन्त्रालयले थोरै पनि प्रयत्न गरेको छैन् ।
आखिर किन यति वेवास्ताको सिकार बनाइदै छ कान्तिलाई ? नीजि अस्पतालको व्यापार बढाइ दिन यो विजोगमा पुर्याइएको हो वा स्वास्थ्य मन्त्रालयले यसको समस्या नै नदेखको हो ? यो गम्भिर प्रश्न बनेको छ । बेलैमा यसतर्फ स्वास्थ्य मन्त्रालयले ध्यान नदिए कान्तिले आफ्नो भरोषा त गुमाएको छ नै अस्तित्व समेत संकटमा पर्ने निश्चित छ ।
ripords nepal
Views: 0