भारतको एक स्टिल उद्योगमा विष्फोट : ९ जनाको मृत्यु, १४ घाइते

२०७५ आश्विन २३, मंगलवार १६:२३ गते २०७५ आश्विन २३, मंगलवार १६:२३ गते २०७५ आश्विन २३, मंगलवार १६:२३ गते

नयाँ दिल्ली– भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टिल कारखानामा विस्फोट हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

‘प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर टाढा भारतीय स्टिल प्राधिकरण अन्तर्गतको भिलाई स्टिल उद्योगको ग्यास पाइपलाइन विष्फोट हुँदा भएको घटनामा ९ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्’, भारतीय प्रहरी महानिरिक्षक जिपी सिंहले बताए।विष्फोट भएको केही समयभित्रै प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको स्थानीय सञ्चार माध्यमले बताएका छन्।

स्थानीय प्रहरीले अकस्मात भएको विष्फोटबारे छानबिन समिति बनाएको छ। अनुसन्धान पहिले विष्फोटबारे धेरै कुरा गर्नु र कुनै निर्णयमा पुगिहाल्नु छिटो हुने भएकोले यसबारे विस्तृत कुरा छानबिन पछि आउने सिंहले बताए। सो उद्योगमा ४ बर्ष पहिले पनि विस्फोट भएको थियो र घटनामा ४ श्रमिकको मृत्यु पनि भएको थियो।

-hamropatro

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *