तनहुँमा पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

२०७५ आश्विन २३, मंगलवार १६:३५ गते २०७५ आश्विन २३, मंगलवार १६:३५ गते २०७५ आश्विन २३, मंगलवार १६:३५ गते

२३ आश्विन २०७५, मंगलवार

तनहुँ : गत बिहीबार भानु नगरपालिका–४ रम्घावेशीका २३ वर्षीय दीपक विकको हत्या गरिएको भन्दै परिवारले पोष्टमार्टमको रिपोर्ट सार्वजनिक गर्न माग गर्दै मंगलबार सडकमा उत्रिएका छन्।

स्नेहा एण्ड जिनेका गौतम सुनचाँदी पसल डुम्रेमा कार्यरत विक गत बिहीबार मृत अवस्थामा भेटिएको थिए। पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न ढिलाई गरेको, झुण्ड्याएर विकलाई मारेको, हत्यारालाई प्रहरी प्रशासनले उन्मुक्ति दिएकोलगायतको परिवारजनले आरोप लगाएका छन्। उनीहरूले पीडकलाई कारबाही गर्न माग गर्दै तीन दिनदेखि प्रहरी प्रशासन घेराउ गरिरहेको बताएका छन्।

विककी ४२ वर्षीय आमा उजेली विकले छोराको शरीरभर निलडाम, घाँटीमा अचेटेको डाम, गोप्य अङ्ग चुडिएको, अनुहार, कोखा, खुट्टालगायत शरीरका विभिन्न भागमा चोटको डोब रहेको बताइन्। उनले भनिन् ‘मेरो छोरा मरिसकेको शव देखाउन बिरामी छ भनेर बोलाएको थियो, अहिलेसम्म घरमा झै-झगडा गरेको थिएन, मन नपरेको भए मैले काममा राख्न सक्दिन भनेको निस्किन्थ्यो मेरो छोरा।’ गत बिहीबार नै आत्महत्या गरिएको भनिएको विकका आफन्तहरूले आत्महत्या नभई हत्या गरिएको आरोप लगाएका छन्।

विकका छिमेकी विद्या घिमिरेले अहिलेसम्म विकले लागुपदार्थ तथा झै-झगडा गरिएको नभेटिएको बताउदै असल केटालाई त्यसरी मारेर आफू चै प्रहरी प्रशासनको संरक्षणमा रहेको बताइन्। ‘प्रहरी प्रशासनलाई हातमा लिएर अपराध लुकाएर हुन्छ, यस्तालाई मृत्युदण्डको सजाय गरिनुपर्छ, नत्र भने यस्ता अपराधिहरूले अरू कसैको छोरालाई फेरि मार्नेछ,’ घिमिरेले भनिन्। परिवारजनले घटनाको सत्यतथ्य सार्वजनिक गर, पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर, हत्यारालाई फाँसी दे लगायतका नारा लगाएर दमौली बजार परिक्रमा गरेका थिए। प्रहरी प्रशासनअगाडि दिनभर नारा लगाउँदै बसेका आफन्तजन तथा छिमेकीहरूले हत्यारालाई एकपटक छोडिदा फेरि अर्को घटना घट्न सक्ने दीपकका सानो बुवा श्रीराम विकले बताए।

‘निमुखालाई हत्या गरेर प्रहरी प्रशासनलाई किन्ने कोशिस गरिएको छ, झुण्ड्याइएको ठाउँमा कुनै पनि त्यस्ता सामानहरू छैनन्, कसरी झुण्डिएको भन्न मिल्छ,’ उनले भने। मृतकका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए। पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ’, उनले भने ‘पोष्टमार्टम रिपोर्ट आएपश्चात् सार्वजनिक गर्नेछौँ।’ सुनचाँदी पसलका सञ्चालकले भने विकले आत्महत्या गरेको दाबी आएका छन्।

-thahakhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *