एनटिसीको दशैं अफर:६ रुपैयाँमा ६० मिनेट कुराकानी गर्न पाइने

२०७५ आश्विन २३, मंगलवार १६:४७ गते २०७५ आश्विन २३, मंगलवार १६:४७ गते २०७५ आश्विन २३, मंगलवार १६:४७ गते

काठमाडौं :  नेपाल टेलिकमले दशैको अवसरमा छुटसहितका सुविधा सार्वजनिक गरेको छ । कम्पनीले दशैंलाई लक्षित गर्दै अनलिमिटेड प्याक, भ्वाईस प्याक, डाटा प्याक, रिचार्जमा बोनस लगायतका सुविधा सार्वजनिक गरेको हो। कहाँ कस्तो छुट? अनलिमिटेड प्याक  अन्तर्गत जिएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार ६ सय रुपैयाँमा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइने छ। सो प्याक अन्तर्गत १ जीबी पिक आवर (विहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफपिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ। सोही प्याक ७ दिन समयावधिका लागि मात्र ३ सय रुपैयाँमा समेत उपलब्ध हुने सरकारी स्वामित्वको दुरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले जनाएको छ।

यसका साथै सो प्याक लिने सेवाग्राहीले वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क पाउने ब्यबस्था मिलाएको कम्पनीले जानकारी दिएको छ। भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ। एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ। त्यस्तै डाटा प्याक अन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ।  सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ। यी अफरहरु भने कम्पनीले असोज २४ देखि कार्तिक ७ गतेसम्म उपलब्ध हुनेछन। साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि प्याकेज खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले असोज २९ गतेदेखि कार्तिक ४ गतेसम्म १ सय र २ सयको रिचार्जमा १० प्रतिशत र ५ सय र १ हजार रुपैयाँको बोनसमा १५ प्रतिशत बोनस दिने जानकारी दिएको छ। कम्पनीले असोज ३० गतेदेखि कात्तिक ६ गतेसम्म एडीएसएल/एफटीटीएच/वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गते सम्म थप गर्ने पनि जानकारी दिएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *