हालसम्म पनि घर निर्माण सुरु नगरेका वा दोस्रो किस्ताको रकम समेत नलिएका भूकम्पपीडितहरूका लागि भनेर सहुलियतपूर्ण ऋणको नयाँ व्यवस्था गरिएबाट निजी आवास पूनर्निर्माण गर्न चाहने पीडितहरूलाई राहत पुग्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। सरकारले हालै गरेको निर्णय अनुसार भूकम्पपीडित हरूलाई बैंकहरूले आफ्नो आधारभूत ब्याजदरको आधारमा तीनलाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने र सरकारले त्यस्तो ब्याजदरको पाँच प्रतिशत रकम बेहोरिदिने व्यवस्था गरिएको जनाएको छ।
यसअघि सामूहिक जमानीमा तीन लाख रुपैयाँसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गरिएको भनिएता पनि त्यो कार्यान्वयनमा नै आउन सकेको थिएन । पैसाको अभावमा घर निर्माण थाल्न नै असमर्थ रहेका भूकम्पपीडितहरूसम्म पुग्नका लागि यो नयाँ व्यवस्थालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीहरूले व्यवहारिक कदम छन्।
यसअघि ब्याङ्क तथा वित्तिय संस्थाहरूले नेपाल राष्ट्र ब्याङ्कबाट शून्य प्रतिशत ब्याजदरमा पैसा लिएर दुई प्रतिशत ब्याजदरमा भूकम्प प्रभावितहरूलाई ऋण निकासा गर्न सकिने भन्ने व्यवस्था थियो। तर ब्याङ्कहरूले आफ्नो लगानीको सुरक्षामा सुनिश्चित हुन नसकिएको र उक्त ब्याजदरबाट आफ्नो व्यवस्थापकिय खर्च समेत धान्न नसकिने बताउंदै आएका थिए।
पुनर्निर्माण प्राधिकरणका अनुसार अहिलेसम्म झण्डै ५ लाख भूकम्प पीडितले दोस्रो किस्ता लिइसकेका छन्। नयाँ व्यवस्थासँगै घर बनाउन १५ लाख र २५ लाख रुपैयांसम्म ऋण लिन पाइने प्रावधान भने आश्विन मसान्तसम्म मात्र ऋण सम्झौता गरेकाको हकमा लागु हुने सूचना नेपाल राष्ट्र ब्याङ्ले जारी गरिसकेको छ।
यस्तो ऋण लिनेहरूको घर बनाउन पाइने तीन किस्ते अनुदानमा भने कुनै असर पर्ने छैन। ब्याङ्कहरूले आफ्नो आधारभूत ब्याजदरमा थप्ने दुई प्रतिशत बाहेक अन्य कुनै सेवा शुल्क लिन पाउने छैनन्।
-bbc
Views: 0