दसैँको दोस्रो दिन : शक्ति स्वरुपा ब्रह्मचारिणी माता को पूजा गरिँदै

२०७५ आश्विन २५, बिहीबार ०२:३७ गते २०७५ आश्विन २५, बिहीबार ०२:३७ गते २०७५ आश्विन २५, बिहीबार ०२:३७ गते

२५ आश्विन २०७५, बिहिवार 

काठमाडौँ – आश्विन नवरात्रको दोस्रो दिन अर्थात बडा दसैँको दोस्रो दिन बिहीबार माता दुर्गाको दोस्रो शक्ति स्वरुप ब्रह्मचारिणीको पूजा गरेर मनाईँदैछ ।

यो माता दुर्गाको दोस्रो स्वरूप हो। ब्रहृम शब्दको अर्थ तपस्या हुन्छ। तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रहृमचारिणी भनिएको हो। यो देवीको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु हुन्छ। देवीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार, संयम बढ्दै जाने उसलाई विजय हात लाग्ने विश्वास गरिन्छ।

माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता रहेको छ । आजको दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने चलन रहेको छ ।

desha sanchar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *