मेवाको पातको जुस, जसले बचाउँछ भयानक र प्राणघातक रोगहरुबाट(, थाहा पाउँदा चकित पर्नेछ)

२०७५ आश्विन २५, बिहीबार ०२:५५ गते २०७५ आश्विन २५, बिहीबार ०२:५५ गते २०७५ आश्विन २५, बिहीबार ०२:५५ गते

२५ आश्विन २०७५, बिहिवार

हामीलाई थाहा भएकै कुरा हो मेवा हाम्रो स्वास्थ्यको लागि एक अद्भुत गुण भएको फल हो । तर प्राय: हामीलाई थाहा नहुन सक्छ कि यसको पातको जुस पिउनाले हुने चमत्कारिक फाइदाहरु। स्वास्थ्य सम्बन्धी मेवाको पातको अनेकौँ फाईदाहरु छन्। यसको जुस पिउनाले शरीरको कयौँ रोगहरुबाट छुटकारा पाउँछ। मेवाको पातको जुस खान अलि तितो भए पनि यसभित्र कमालको गुण लुकेर बसेको हुन्छ। मेवाको पातमा भिटामिन A, B, C, D, E पाउनुका साथै क्याल्सियमको मात्रा पनि पाइन्छ। यो जुसले प्राणघातक रोगहरु जस्तै क्यान्सर, मुटु सम्बन्धी रोग, डेंगु र ब्लड सुगर लगायतका रोगहरुबाट बचाई पेटसम्बन्धी रोगहरुलाई निर्मुल पार्छ। यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि बढाउँछ।

मेवाको पातको जुस पिउनाले कुन कुन रोगहरुबाट बच्न सकिन्छ र यसलाई कसरी सेवन गर्ने ?

यसमा क्यान्सरसंग लड्ने क्षमता हुन्छ। स्तन क्यान्सर, फोक्सो को क्यान्सर, सर्भाइकल क्यान्सर जस्ता भयानक क्यान्सर हुनबाट बचाउँछ। यो जुसले ब्याक्टेरियालाई बढ्न दिंदैन। साथै यो जुसले चिसो, रुघा खोकी लाग्न बाट बचाउँछ र रगतको सेतो ब्लड सेल्सलाई बढाउँछ।

मेवाको पातमा एन्टीमलेरिया गुण हुन्छ। यसले मलेरियाको लक्षण बढ्न बाट रोक्छ। यो डेंगु रोगको लागि एक अचुक औषधी हो, यसले डेंगु लाग्न दिंदैन र यो रोगबाट छुटकारा दिलाउँछ। मेवाको पातको जुसले ब्लड प्लेटलेट्स बढाउँछ, त्यसकारण यसको दुई चम्चा रस केहि दिन सम्म लगातार पिउनुहोस्।

मेवाको पातले अनुहारको डन्डीफोर संधैको लागि हटाउन मद्धत गर्छ। यसको लागि सुकेको मुवाको पातलाई पानीमा भिजाएर पेस्ट बनाउने। यो पेस्टलाई अनुहारमा लगाएर सुक्न दिने । सुकिसकेपछी अनुहार धुने। यसो गर्नले डन्डीफोर संधैको लागि हटेर जानेछ।

त्यस्तै मेवाको पातको चिया खानाले पाचन प्रणालीलाई बढाउँछ। यदि तपाइँलाई भोक लाग्दैन भने यसको चिया पिउनुहोस् । जसले भोक लाग्छ र खाना रुच्न मद्धत गर्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *