अब ‘एटिएम’ प्रयाेग गरे १० रुपैयाँमै एकलिटर पानी

२०७५ आश्विन २५, बिहीबार १६:२१ गते २०७५ आश्विन २५, बिहीबार १६:२१ गते २०७५ आश्विन २५, बिहीबार १६:२१ गते

काठमाडौँ   :  काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक ‘वाटर एटिएम’ को नमूना सार्वजनिक गरिएको छ।वाटर एटिएम नमूना सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा खानेपानीमन्त्री बीना मगरले उक्त एटिएमबाट पानी नकालेर पिएकी थिइन्।

यस्तो प्रविधि नेपालमै पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा.सञ्जीव विक्रम राणाले जानकारी दिए। ललितपुरको सैंबु, भैँसेपाटीस्थित बोर्डको परिसरमा वाटर एटिएमको नमूना प्रदर्शन गरिएको थियो। वाटर एटिएमलाई नेपालीमा पधेँरो नामकरण गरिएको छ। निश्चित पैसा तिरेपछि पानी पिउन पाइने अवधारणास्वरुप वाटर एटिएमको सुरुआत गरिएको हो।  उक्त एटिएमबाट २०० मिलिलिटर र एक लिटर पानी पिउन पाइने व्यवस्था गरिएको छ। २०० मिलिलिटर पानीको मूल्य दुई रुपैयाँ र एक लिटर पानीको मूल्य १० रुपैयाँ राखिएको छ।

उक्त एटिएममा दुई रुपैयाँको सिक्का हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटिएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था गरिएको छ।  वाटर एटिएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौँ उपत्यकाभित्र विस्तार गर्दै लगिने बोर्डका कार्यकारी निर्देशक राणाले बताए। उनले काठमाडौँ उपत्यकामा मान्छेको चाप बढी भएको ठाउँहरूमा पहिलो चरणमा वाटर एटिएम राख्दै लगिने जानकारी दिए। चालू आवभित्र २० वटा वाटर एटिएम राखिने बोर्डको भनाइ छ।

source:thahakhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *