राँगो नियन्त्रण गर्न १ सय ३६ स्थानीयको वडा कार्यालयमा निवेदन

२०७५ आश्विन २५, बिहीबार १६:३९ गते २०७५ आश्विन २५, बिहीबार १६:३९ गते २०७५ आश्विन २५, बिहीबार १६:३९ गते
efNr]l:yt kfg;ovf]nf e]8f kmfd{df /x]sf] d'/f{ hftsf] cf7 jif{sf] Aof8sf] -aLpsf] nflu_ /fFuf] . t:jL/ M /fdxl/ Gof}kfg], g'jfsf]6, /f;;

विराटनगर–  मोरङको धनपालथान गाउँपालिका –६ कदमाहावासीले गाउँमा आतंक मच्याउने बनैया राँगो नियन्त्रण गर्न माग गरेका छन् । स्थानीय माहिर हुसेनसहित एक सय ३६ जनाले गाउँमा आतंक मच्चाउने राँगो नियन्त्रणको माग गर्दै ६ नम्बर वडा कार्यालयमा निवदेन दिएका हुन् ।

बनिया राँगोले ५ वटा घरपालुवा राँगालाई आक्रमण गरि मारेको र स्थानीय मानिसहरुलाइ समेत घाइते बनाएको स्थानीयबासीको निवेदनमा उल्लेख छ । डेढ वर्षदेखि गाउँमा आतंक मच्चाउँदै आएको राँगो नियन्त्रणका लागि पटक पटक गरेको आग्रहलाई वडा कार्यालयले वेवास्ता गरेको उनीहरुको आरोप छ ।

वडा नं ६ का अध्यक्ष मो हुसेनले स्थानीयवासीको माग अनुसार राँगो नियन्त्रणका लागि धनपालथान गाउँपालिकालाई लिखित जानकारी गराइएको बताए ।गाउँपालिकालाई लेखेको निवेदनको बोद्दार्थ जिल्ला प्रशासन कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीलाइ पनि दिइएको छ । धनपालथान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम शर्मा लुइटेलले पशु प्राविधिकको सहयोगमा सो राँगोलाई नियन्त्रणमा लिने तयारी भइरहेको बताए ।

source-lokaantaar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *