फेरी रेड पान्डाको छालासहित ५ जना पक्राउ

२०७५ आश्विन २५, बिहीबार १६:५६ गते २०७५ आश्विन २५, बिहीबार १६:५६ गते २०७५ आश्विन २५, बिहीबार १६:५६ गते

कोहलपुर–    बाँके प्रहरीले दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित ५ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बाँकेको कोहलपुर नगरपालिका–२ स्थित सन्ध्या लक्ष्मी खाजा घरबाट रेड पान्डाको छालासहित ५ जनालाई पक्राउ गरेको जनायको छ ।

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका– १ का ४६ वर्षीय बुद्धी शर्मा, कोहलपुर–२ बस्ने २८ वर्षीय मुकेश दमाइ, बाँकेको बैजनाथ गाउँपालिका–४ का ४१ वर्षीय थमन दमाइ, बैजनाथ–४ कै २८ वर्षी दिपक सुनार र २१ वर्षी बलराज ऐडी छन् ।

रेडपान्डाको छालासहित पक्राउ परेका पाँचैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनायको छ ।

source-lokantaar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *