काठमाडौं – नवरात्रको तेस्रो दिन शुक्रबार माता दुर्गाको शक्तिस्वरुप चन्द्रघण्टा देवीको पूजाआजा गरी मनाईँदैछ । चन्द्रघण्टा देवीको स्वरूप शान्तिदायक कल्याणकारी भएको मानिन्छ। यी देवीको १० वटा हात र १० हातमा खड्ग, वाण आदि शस्त्र, अस्त्र हुने विश्वास गरिन्छ ।उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टादेवी भनेर चिनिएको छ ।
आश्विनको शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने पनि गरिन्छ ।
-nepalkhabar
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0