पशुपतिनाथमा वार्षिक १३ करोडको भेटी

२०७५ आश्विन २६, शुक्रबार ०१:५४ गते २०७५ आश्विन २६, शुक्रबार ०१:५४ गते २०७५ आश्विन २६, शुक्रबार ०१:५४ गते

काठमाडौं : पशुपतिनाथलाई पछिल्लो सात वर्गामा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको छ।  पशुपति विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा तथ्य सार्वजनिक गरेको हो।

पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुंगानालो पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड भेटी प्राप्त भइरहेको जानकारी दिएको खबर गोरखापत्र दैनिकमा छ। २०६८ सालअघि पशुपतिनाथको भेटीको गणना गर्ने चलन थिएन। यो वर्षमा साउन महिनाको सोमबार, बोलबम यात्र, हरितालिका तीज र जनैपूर्णिमामा प्राप्त भेटी भने गणना भइरहेको छ। पशुपति विकास कोषका अनुसार भेटी गणनामा १२ भन्दा बढी कर्मचारी खटिएका छन्।

तीन वर्षअघि २०७२ सालको भूकम्प र यसपछिको एक वर्ष कम भेटी प्राप्त भएको थियो। थाहाखबर बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *