नेपाल पुग्यो आईसीसी महिला टी–२० क्रिकेटको वरीयतामा १८औँ स्थानमा

२०७५ आश्विन २६, शुक्रबार १५:५० गते २०७५ आश्विन २६, शुक्रबार १५:५० गते २०७५ आश्विन २६, शुक्रबार १५:५० गते

काठमाडौं – नेपाल आईसीसी महिला टी–२० क्रिकेटको वरीयतामा समावेश भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १८औँ स्थानमा परेको हो । ४६ राष्ट्रलाई समावेश गर्दै आईसीसीले निकालेको वरीयतामा नेपालले ११७ अङ्क पाएको छ । पहिलो पटक आईसीसीले महिला टि–२० वरीयता सार्वजनिक गरेको हो । जसमा नेपाली टिम १८ औँ स्थानमा रहेको छ । नेपालभन्दा पछाडि हङकङ, नामिबिया, नेदरल्याण्ड्स जस्ता टिम रहेका छन ।

नेपाली महिला क्रिकेट पछिल्लो समय सुनसानजस्तै हुँदै गएको छ तर, नेपालले एक दिवसीय मान्यता पाएपछि नेपाली महिला क्रिकेटलाई पनि टी–२० मान्यता रहेको छ । नेपालले पछिल्लो पटक गत मङ्सिरमा थाइल्याण्डमा भएको विश्व टी–२० एसिया छनोट खेलेको थियो ।

वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । अष्ट्रेलियाले २८० अङ्क पाएको छ । यस्तै न्यूजिल्यान्ड दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, वेष्ट इण्डिज चौथो र भारत पाँचाँै, दक्षिण अफ्रिका छैटाँै, पाकिस्तान सातौँ, श्रीलङ्का आठौँ, बङ्गलादेश नवौँ र आयरल्याण्ड १० औँ स्थानमा छन् ।

from ujyalo

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *