जुवाको खालबाट पेस्तोल र गोली बरामद

२०७५ आश्विन २६, शुक्रबार १६:०६ गते २०७५ आश्विन २६, शुक्रबार १६:०६ गते २०७५ आश्विन २६, शुक्रबार १६:०६ गते

जनधपुरधाम– प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा जुवा खाल खालबाट प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने २ राउण्ड गोलीसहित ३ जना युवालाई पक्राउ गरेको छ ।

जनधपुरधाम उपमहानगरपालिका–१९ स्थित एक घरमा जुवा खेलाउने गरिएको सूचनाका आधारमा छापा मार्न गएको प्रहरीले जुवा खालबाट पेस्तोल र गोलीसमेत बरामद गरेको हो । पेस्तोल र गोलीसहित पक्राउ पर्नेमा जनकपुर–१९ का १९ वर्षीय ऋषिकेश साह, वर्ष १८ का आशिक मण्डल र औरही गाउँपालिका–६ का २७ वर्षीय रामचन्द्र दास छन् ।

जुवा खालमा अन्य व्यक्ति पनि रहेपनि प्रहरी पुगेको खबर पाएपछि उनीहरु भागेका जनाइएको छ । प्रहरीले ३ जनालाई भने नियन्त्रणमा लिन सफल भएको छ । उनीहरुलाई चेकजाँच गर्दा कम्मरमा लुकाएको अवस्थामा नलकटुवा पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली बरामद भएको धनुषा प्रहरीले जनाएको छन् ।

-lokantar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *