फेरी सालकको छालासहित दुईजना पक्राउ

२०७५ आश्विन २६, शुक्रबार १६:२० गते २०७५ आश्विन २६, शुक्रबार १६:२० गते २०७५ आश्विन २६, शुक्रबार १६:२० गते

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले काठमाडाैं बालाजुबाट संरक्षित वन्यजन्तु सालकको छालासहित शुक्राबार दुई जनालाई पक्राउ गरेको छ।

बिक्री गर्न हिँडेको अवस्थामा एक केजी १० ग्राम छालासहित रामेछाप दोरम्बा गाउँपालिका-२ का देवराज श्रेष्ठ र दोलखा सैलुङ गाउँपालिका-१ का ज्ञानबहादुर श्रेष्ठलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

पक्राउ गरिएका दुवैलाई कारवाहीका लागि आजै डिभिजन वन कार्यालय हात्तीसार काठमाडाैंमा बुझाइएको छ। सालक लोपोन्मुख प्रजातिको सूचीमा सूचीकृत जनावर हो।

उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ ९१०, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २१ ९१० ‘क’ बमोजिम कारवाही चलाइने ब्यूरोले जनाएको छ।

गैरकानुनी तरिकाले संरक्षित वन्यजन्तु मार्ने, आखेटोपहार राख्ने, खरीद बिक्री गर्ने वा ओसार-पोसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि दश लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ।

-thaha khabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *