‘ए मेरो हजुर-३’ को पहिलो पोस्टरमा सुहाना र अनमोलको प्रेमील अन्दाज

२०७५ आश्विन २६, शुक्रबार १६:२८ गते २०७५ आश्विन २६, शुक्रबार १६:२८ गते २०७५ आश्विन २६, शुक्रबार १६:२८ गते

काठमाडौं- अभिनेत्री झरना थापाको निर्देशनमा निर्माण भइरहेको दास्रो फिल्म ‘ए मेरो हजुर-३’को पहिलो पोस्टर सार्वजनिक भएको छ।

शुक्रबार सार्वजनिक उक्त पाेस्टरमा अभिनेता अनमोल केसी र सुहाना थापा प्रेमिल भावमा प्रस्तुत भएका छन्।

सुनिलकुमार थापाको निर्देशनमा निर्माण भइरहेको फिल्ममा थापा र सुमन पौडेलेका लेखन छ। अभिनेत्री झरना थापा र निर्देशक सुनीलकुमार थापा श्रीमान् श्रमती हुन्।

थापा दम्पतिकी छोरी सुहानाको डेब्यु अभिनय रहेको फिल्म सांगीतिक प्रेमकथामा अाधारित चलचित्रमा सुहाना र अनमोल केसीको अनस्क्रिन रोमान्स देख्न सकिने छ।

आउदो चैत २९ गतेका लागि प्रदर्शन मिति तय भएको फिल्ममा सुहाना र अनमोलका साथै सलोन बस्नेत, अर्पण थापा, रवीन्द्र झालगायतको अभिनय छ।

-from_nepallive

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *