एक महिनामै तोलामा ३ हजारले बढ्यो सुनको भाउ, ५ वर्षयताकै उच्च

२०७५ आश्विन २७, शनिबार १५:५२ गते २०७५ आश्विन २७, शनिबार १५:५२ गते २०७५ आश्विन २७, शनिबार १५:५२ गते

काठमाडौं – दसैंको मुखमा सुनको भाउ आकाशिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामै ६० हजार रुपैयाँ पुगेको छ। यो भाउ २०७० सालयताकै सबैभन्दा उच्च हो।

पछिल्लो एक महिनामै सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँसम्मले बढेको छ। महासंघका अनुसार गत १८ भदौमा छापावाल सुनको भाउ प्रतितोला ५७ हजार रुपैयाँ थियो। त्यस्तै, सोही मितिमा ५६ हजार ७ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य ५९ हजार ७ सय रुपैयाँ पुगेको छ।

बिहीवार ५९ हजार ३ सय रुपैयाँ प्रतितोला रहेको छापावाल सुनको मूल्य शुक्रबार एकैदिन ७ सय रुपैयाँले बढेको महासंघले जनाएको छ। यही १५ असोजमा सुनको भाउ प्रतितोला ५७ हजार ८ सय रुपैयाँसम्म थियो। गत २२ भदौमा ५७ हजार ५ सय प्रतितोला रहेको छापावाला सुन त्यसअघि १८ भदौमा ५७ हजार रुपैयाँ थियो। यसअघि गत साउनमा प्रतितोला सुनको मूल्य ५६ हजार रुपैयाँसम्म थियो।

महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य मूलतः अमेरिकी अर्थतन्त्र मजबुत हुँदै जानु र डलरको विनिमय दर उच्च हुँदै जाँदा सुनको मूल्य बढेको बताउँछन्। सामान्यतयाः यसअघि डलरको विनिमय दर बढ्दा सुनको भाउ घट्ने भए पनि यसपटक भने त्यस्तो देखिएको छैन।

‘यसपटक डलर र सुनको भाउ एकैपटक माथि गएको छ,’ शाक्य भन्छन्, ‘यसले नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा नकारात्मक असर पारेको छ।’ सुनको भाउ तत्काल घट्ने सम्भावना नरहेको महासंघका निवर्तमान अध्यक्ष शाक्य बताउँछन्।

from-nepallive

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *