२८ आश्विन २०७५, आइतवार
काठमाडौं । काठमाडौं आउटसोर्सिङ कम्पनीहरूले श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक तथा सेवा–सुविधासमेत नदिई काममा लगाउने गरेको पाइएको छ।
भक्तपुरका दीपेन्द्र पण्डित विगत एक वर्षदेखि साइराम सेक्युरिटी प्रालिमार्फत पुतलीसडकस्थित तिरुपति होटलमा सेक्युरिटी गार्डका रूपमा खटिन्छन्। नयाँ पत्रिका दैनिक अगाडि लेख्छ, सोवापत उनलाई कम्पनीले मासिक १२ हजार रुपैयाँ उपलब्ध गराउँछ। तलब नगदमै बुझ्ने गरेका उनले सञ्चयकोष, उपदान, चाडपर्व खर्चलगायत अतिरिक्त खर्च केही पनि पाउँदेनन्।
जबकि आठ घण्टा मात्रै काम गर्दा पनि उनले न्यूनतम १३ हजार ४५० का दरले मासिक तलब पाउनुपर्थ्यो। त्यस्तै दोलखाका चित्रबहादुर भुजेल विगत तीन वर्षदेखि निसान सेक्युरिटी प्रालिमार्फत राजधानीका विभिन्न ठाउँमा सेक्युरिटी गार्डको काम गरिरहेका छन्। दैनिक १२ घण्टा काम गर्दा उनले मासिक १५ हजार रुपैयाँ मात्रै पाउँछन्।
-thahakhabar
Views: 0