किम जोङ–उनका डुप्लिकेटको राम्रो कमाइ: दिनकै १५ लाख रुपैयाँ आम्दानी

२०७५ आश्विन २८, आईतवार १५:५० गते २०७५ आश्विन २८, आईतवार १५:५० गते २०७५ आश्विन २८, आईतवार १५:५० गते

काठमाडौं — किम जोङ–उन सन् २०१८ मा हेडलाइनहरूमा छाएका छन् । कहिले उनी आणविक युद्धको धम्की दिइरहेका भेटिन्छन् र डोनल्ड ट्रम्पसँग शाब्दिक लडाईं लड्न व्यस्त हुन्छन् भने कहिले उनी शान्ति सम्झौता गरेर प्रसिद्ध भइदिन्छन् । तर प्रत्येकपटक उनी समाचार बन्दा दुईजना अनपेक्षित लाभार्थीको फोन बज्ने गर्छ ।

हङकङमा बस्ने राजनीतिक व्यंग्यकार हावर्ड एक्स र सउलमा बस्ने मिनयोङ किम आफूहरूलाई किम जोङ–उनका रूपधारी संघका दुईजना मात्र सदस्य मान्छन् ।

विगत ६ वर्षदेखि यी दुईजनाले उत्तर कोरियाली नेतासँग अनुहार मिलेका कारण पैसा कमाइरहेका छन् । उनीहरू दिनको १५ लाख रुपैयाँभन्दा बढी कमाइरहेका छन् । भिडियो गेममा खेल्न, शपिङ मलको उद्घाटन गर्न र
अर्बपतिहरूका जन्मदिनका पार्टीमा पाहुनाको मनोरञ्जनका लागि उनीहरू पुग्ने गरेका छन् ।

‘किम जोङ–उनले क्षेप्यास्त्र प्रहार गर्दा वा ट्रम्पलाई खुस्केट बूढो भन्दा मेरो फोनमा जागिरको अफर आउँछ,’ हावर्ड भन्छन् । ‘अफर जहिले पनि अन्तिम समयमा आउँछ, कहिलेकाहीँ २४ घण्टाको म्यादमा आउँछ । अनि जे पनि गर्नुपर्ने हुन्छ ।’

मिनयोङ केन्टकी फ्राइड चिकनको नयाँ विज्ञापनको शूटिङका लागि सम्झौता गरिरहेका छन् भने हावर्डलाई हालै मकाउमा एउटा समारोहमा ट्रम्प र पुटिनको नक्कल गर्ने कलाकारहरूसँग देखिने गरी नियुक्त गरिएको छ ।
‘उनीहरूले ठूलो क्षेप्यास्त्रको आकारमा केक बनाएका थिए र हामी तीनजनाले त्यसलाई खोल्नुपर्ने थियो,’ उनले भने ।

किम जोङ–उन सन् २०११ को डिसेम्बरमा सत्तामा आउँदा मिनयोङ दक्षिण कोरियामा सैन्य सेवामा थिए ।

‘त्यो अत्यन्तै तनावको स्थिति थियो,’ उनी सम्झिन्छन्, ‘प्रत्येकपटक किमले केही भने वा गरेमा मभन्दा माथिका र तलका अधिकारीहरू आएर यो सबै तिमीले गर्दा भएको हो किनकि तिमी ऊजस्तै देखिन्छौ भन्थे ।

सैन्य सेवा सकेपछि उनले उत्तर कोरियाली नेतासँगको सारूप्यलाई अँगाल्ने निर्णय गरे । हालोवीनमा उनले स्थानीय हजामलाई किम जोङ–उनको जस्तो गरी कपाल कटाउन लगाए, एउटा सस्तो कालो सुट किने अनि सउलको
होङदाए जिल्लातिर गए ।

त्यहाँ उनको भव्य स्वागत भयो ।

‘हजारौं मानिसले मसँग तस्वीर खिचाए र अर्को दिन म त टीभीमा छाएँ,’ उनले भने, ‘एक महिनाभित्र कम्पनीहरूले मलाई विज्ञापनको शूटिङका लागि अनुरोध गरे ।’

हावर्ड पनि यसैगरी रातारात प्रसिद्ध भएका हुन् । उनले आफूलाई किम जस्तो देखाएर फेसबूकमा अप्रिल फूलको दिनमा तस्वीर राखे । ती तस्वीरहरू भाइरल भए र उनको करीयर शुरूआत भयो तर उनलाई सही रूपमा कपाल
कटाउन संघर्ष गर्नुपरेको थियो ।

यी दुई कलाकारहरूको शैली पूरै फरक छ । मिनयोङले किशोर अवस्थामा अभिनेता बन्ने सपना देखेका थिए र पछि अर्थशास्त्रमा स्नातकोत्तर गरे । उनले किमको बोल्ने शैली र हाउभाउ दुरुस्त उतार्ने गरेका छन् ।

हावर्ड चाहिँ अस्ट्रेलियामा हुर्केका हुन् र कोरियाली भाषा बोल्दैनन् । उनी लाज नमानिकन उत्तेजक कुरा गर्छन् । उनले सिंगापुरमा दर्शकहरूलाई स्तब्ध बनाउँदै सोध्छन्, ‘कुन तानाशाह राम्रो देखिन्छ ः म कि तिमीहरूको
प्रधानमन्त्री ?’

‘खराब व्यक्तिको प्रतिरूप लिने कलाकारका रूपमा तपाईं त्यस्ता कुरा गर्न सक्नुहुन्छ जुन ओबामाका प्रतिरूपधारीले गर्ने आँट गर्दैनन्,’ हावर्ड भन्छन् । ‘त्यसैले मेरा लागि कुनै पनि कुरा वर्जित छैन । मैले कडा अनि स्तब्ध बनाउने
कुरा गर्न सक्छु र त्यो पनि रमाइलो सुनिन्छ किनकि त्यो किम जोङ–उनको चरित्रबाट आएको हो ।’

बीबीसीबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *