घरमा सुख-शान्ति ल्याउन चाहनुहुन्छ ? लगातार ३ शुक्रवार अपनाउनुहोस् यी उपाय !

२०७५ कार्तिक १, बिहीबार ०३:०३ गते २०७५ कार्तिक १, बिहीबार ०३:०३ गते २०७५ कार्तिक १, बिहीबार ०३:०३ गते

घरमा सुख-शान्ति ल्याउन चाहनुहुन्छ ? लगातार ३ शुक्रवार अपनाउनुहोस् यी उपाय ! पुरा हेर्नुस
घरमा सुख-शान्ति ल्याउन चाहनुहुन्छ ? लगातार ३ शुक्रवार अपनाउनुहोस् यी उपाय !

घरमा सुख-समृद्धि बनाइ राख्नको लागी देवी लक्ष्मीको पुजा भगवान बिष्णुको साथमा गरिरहनु पर्छ। ज्योतिषका अनुसार हप्ताको सातै दिन अलग-अलग देवी-देवताहरुसंग सम्वन्धित छन्। शुक्रवार देवी लक्ष्मीको बिशेष पुजा गरिन्छ। महालक्ष्मीलाई प्रसन्न गर्नाको लागी शास्त्रमा धेरै उपाय बताइएको छ। यी उपाय मध्य केहि उपाय यस्ता छन् जुन बिशेष गरी हरेक शुक्रवार गर्नुपर्छ।

यस्ता छन् ति ३ उपाय:

१. पहिलो उपाय
माता लक्ष्मीको कृपा पाउने यो सबैभन्दा राम्रो उपाय हो।, देवीको मन्त्रको जप गर्नु। घरको पुजा कोठा वा अन्त कुनै मन्दिरमा जानुस र देवी लक्ष्मीको पुजा गर्नुस र घ्युको दियो बाल्नुस। पुजापछि ऊँ श्रीं श्रीये नम: मन्त्रको जप १००८ चोटी गर्नुस। यदि सम्वभ छ भने यो उपाय शुक्रवारबाट सुरु गरेर हरेक दिन वा कमसे-कम ३ शुक्रवार गर्नुस। हरेक दिन गर्न चाहनुहुन्छ भने मन्त्रको जप १०८ चोटी गर्न सक्नुहुनेछ।

२. दोस्रो उपाय
देवी लक्ष्मीको पुजा र मन्त्र जपको साथमा कन्या केटीहरुलाई घरमा बोलाएर भोजन गराउनुस। भोजनमा खिर हुनु जरुरी हुन्छ र श्रद्धानुसार धन दान गर्नुस। यो उपाय हरेक शुक्रवार गर्नाले चाडै शुभ फल प्राप्त हुन्छ।

३. तेस्रो उपाय
महालक्ष्मीको साथमा भगवान बिष्णुको पनि पुजा गर्नुपर्छ। पुजामा दक्षिणावर्ती शंख, गोमती चक्र पनि राख्नुस। पुजा सकिएपछि यी चिज घरको दराजमा राख्नुस। त्यसपछि जब पनि लक्ष्मीको पुजा गर्नुहुन्छ तब यी चिजलाई पनि पुजा राख्नुस।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *