फेरी मच्आयो टिप्परले धमाका

२०७५ कार्तिक १२, सोमबार १६:१२ गते २०७५ कार्तिक १२, सोमबार १६:१२ गते २०७५ कार्तिक १२, सोमबार १६:१२ गते

गोरूसिंगे जंगलमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

मृतक मध्ये दुई जना दाङको गढवा गाउँपालिका छन्। ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता एवम् डिएसपी पुष्पराज शाहीका अनुसार दुर्घटनामा परि गढवा गाउँपालिका वडा नं. ४ निवासी २५ वर्षीया पूजा सुनार र सोही गाउँपालिका वडा नं. ६ निवासी ४ वर्षीय सुशान्त सुनारको उपचारका क्रममा मृत्यु भएको हो। उक्त दुर्घटनामा परि एक जना अन्दाजी ४०/४५ वर्षका पुरूषको पनि मृत्यु भएको छ। तर उनको सनाखद हुन नसकेको प्रदेश प्रहरी प्रवक्ता शाहीले सेतोपाटीलाई जानकारी दिए ।

दाङबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख २५०० नं. को बस र पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु २ ख १४७७ नं. टिपरसँग सोमबार दिउँसो २ बजेर २० मिनेट जाँदा कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.–२ गोरुसिंगेको जंगलमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो। घाइते मध्ये ४ वर्षीय बालकको दिउँसो ४ बजेतिर कपिलबस्तुमा र अन्य दुई जनाको त्यसको एक घन्टाको अन्तरमा लुम्विनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता शाहीले बताए । दुर्घटनामा परि थप २९ जना घाइते भएको नं प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ। त्यसमध्ये दश जनाको अवस्था गम्भीर रहेको, १२ जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परेका तीन जना यात्रु सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेको बुटवलका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । श्रोत :setopati

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *