५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

२०७५ कार्तिक १३, मंगलवार ०३:५२ गते २०७५ कार्तिक १३, मंगलवार ०३:५२ गते २०७५ कार्तिक १३, मंगलवार ०३:५२ गते

काठमाडौं – देशभर बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन एको क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई  जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्ष मुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ । मन्त्रालयले नजिकैको स्वास्थ्य संस्था या वितरण केन्द्रमा आफूलाई पायकपर्ने समयमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खवाउन लैजान आग्रह गरेको छ ।

यो अभियानका क्रममा बालबालिकाको पोषणका लागि बालभिटा पनि वितरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

-उज्यालो online

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *