प्राय: मानिसले आफ्नो दैनिकीको सुरुवात नै चियाको चुस्कीबाट गर्छन्। दूधको चिया नपिउने कतिपयले कालो चिया पिउने गर्छन्। कतिपयले दूधको चियाले पेटमा अप्ठ्यारो पर्ने भएर पनि कालो चिया सेवन गरेको पाइन्छ तर कालो चिया स्वास्थ्यका लागि पनि उति नै फाइदाजनक भएको विज्ञहरू बताउँछन्।
नियमित कालो चिया सेवन गर्नाले शरीरको तौल घटाउन सहयोग गर्नुका साथै यसले मुटुलाई स्वास्थ्य राख्न पनि ठूलो सहयोग गर्छ। कालो चियामा प्रचुर मात्रामा हुने फ्लेवनाइड र क्वार्सटिनले रक्त धमनीलाई स्वस्थ राख्न मद्दत गर्नुका साथै यसले मुटुको धमनीसम्बन्धी रोगबाट समेत बचाउँछ। कालो चियामा हुने फ्लेवनाइड एन्टिअक्सिडेन्टले हाम्रो शरीरमा भिटामिन सीको परिपूर्ति गरिदिन्छ।
यति मात्र नभई कालो चियामा हुने फ्लेवनाइडले मुटुको धमनीको आसपासको तन्तुको पनि रक्षा गर्छ। विशेषज्ञका अनुसार फ्लेवनाइड उच्च रक्तचाप कम गर्न तथा एथेरोस्क्लिरोसिस (धमनीको कडापन)को समस्या कम गर्नसमेत सहयोग गर्छ।
-thaha khabar
Views: 0