कात्तिक १४, २०७५
बुटवल– वडा प्रहरी कार्यालय बुटवलले १ सय ४३ वटा टिप्परलाई कारबाही गरेको छ । पाल्पाका विभिन्न स्थानबाट चुनढुंगा उत्खनन गरी ल्याउँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बुटवलले टिप्परहरुलाई कारबाही गरेको हो ।
प्रहरीले एकैदिन १ सय ४३ वटा टिप्परलाई कारबाही गरेको यो पहिलो पटक हो । पहिलो चरणमा ८८ वटा टिप्परलाई कारबाही गरिएकोमा दोस्रो चरणमा ५५ वटा टिप्परलाई कारबाही गरिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक हेम बहादुर केसीले भ्याट विल नबोकि सवारी साधन चलाउने, चुनढुंगा उत्खनन समबन्धी कागजात नबोकि हिँड्ने टिप्परलाई एकै पटक कारबाही गरिएको बताए । चलानी मात्र बोकेर ओभरलोड हुने गरी चुनढुंगा बोक्ने गरेको गुनासो आएपछि प्रहरीले स्ट्रीङ अप्रेशननै गरेर कारबाही गरिएको उनको भनाइ छ ।
जिल्ला समन्वय समितिमार्फत उनीहरुलाई कारबाही गरिएको हो । टिप्पर चालकहरुले भने चुनढुंगा उत्खननको कागजात कम्पनीसंग हुने भएपनि आफूहरुलाई अनावश्यक दुःख दिएको बताएका छन् ।
चालक अर्जुन रानाले सधैं चलानीबाटै चुनढुंगा लैजाने गरेकोमा एक्कासी प्रहरीले विहानै ७ बजे देखि टिप्पर रोकेर राखेको बताए । कम्पनीसंग हुनुपर्ने कागजात चालकसंग नहुने भन्दै कारबाहीको भागिदार कम्पनीका सञ्चालक हुनुपर्नेमा चालकलाई दोष लगाइएको उनको भनाइ छ ।-लोकान्तार
Views: 0