राजधानीका दमकल पनि मेलम्चीको पर्खाइमा : सन्दर्भ मेलम्चीको

२०७५ कार्तिक १६, शुक्रबार ०५:३१ गते २०७५ कार्तिक १६, शुक्रबार ०५:३१ गते २०७५ कार्तिक १६, शुक्रबार ०५:३१ गते

कात्तिक १६, २०७५

काठमाडौँ-मेलम्चीको पानी राजधानी आएपछि आगलागी नियन्त्रणमा पनि अलि सहज हुने भएको छ । जुद्ध शम्शेरले वारुणयन्त्र स्थापनासँगै शहरका विभिन्न स्थानमा पानीका स्रोतका लागि ‘फायर हाइड्रेन्ट’ स्थापना गरेका थिए तर अब्यबस्थित शहरीकरणसँगै त्यस्ता ‘फायर हाइड्रेन्ट’ पनि मासिए ।

‘फायर हाइड्रेन्ट’ मासिए पछि दमकललाई पानी भर्न बालाजु, चुच्चेपाटी लगायत खानेपानी वितरण केन्द्र पुग्न बाध्य हुनुपयो । पछिल्लो समयमा ठूला अपार्टमेन्टका पानी ट्याङ्कीमा पनि भर पर्नु परिरहेको छ ।
राजधानीमा आगलागी नियन्त्रणमा सहज होस् भनेर मेलम्ची खानेपानी आयोजनाले चक्रपथ भित्र ३५० स्थानमा ‘फायर हाइड्रेन्ट’ निर्माण गर्न शुरु गरेको छ ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाईका प्रमुख तिरेश खत्रीले घना बस्ती र आवादीका कारण दिनका दिन आगलागीको जोखिम बढ्दै गएको राजधानीमा पानी वितरण प्रणाली निर्माण कार्यसँगै आगलागी नियन्त्रण, दैवी प्रकोप तथा विपद् व्यवस्थापनका लागि सहज र उपयोगी हुने ‘फायर हाइड्रेन्ट’ स्थापनाको कार्यलाई तिब्रता प्रदान गरिएको जानकारी दिए । अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । -lokantaar

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *