फेसन कि प्यासन : फोन गर्न सुको नहुनेहरू अहिले आइ फोन बोक्छन्

२०७५ कार्तिक १६, शुक्रबार ०५:४१ गते २०७५ कार्तिक १६, शुक्रबार ०५:४१ गते २०७५ कार्तिक १६, शुक्रबार ०५:४१ गते

दमक :

१० वर्षअघिसम्म शिविरबाहिर निस्केर साइकलमा श्रम गर्ने भुटानी शरणार्थीहरू अहिले छाप्राभित्रै मोटरसाइकलमा पुग्छन्।

पैसा नभएर फोन गर्नसमेत नपाउनेहरू अहिले हजारौँ पर्ने आइफोन बोक्छन्। नागरिक दैनिक अगाडि लेख्छ, वेलामौकामा नेपाल र भारतका पर्यटकीय शहरसम्म पुग्छन्। औषधिउपचारमा पहिलेजस्तो किचलो छैन। पुनर्वास भएर अमेरिकासम्म पुगेकाहरूको जीवनशैली त झनै बदलिएको छ नै शिविरमा बस्नेको शैली पनि फेरिएको छ। ‘रासनको भरपर्ने अवस्था अहिले छैन’ शरणार्थी पेम्बा तामाङले भने, ‘दाजुभाउजु अमेरिकामा हुनुहुन्छ। मासिक रूपमा खर्च पठाउनुहुन्छ।’

सरकारले शरणार्थीका लागि भनेर बनाइदिएको परिचयपत्रको आधारमा बैंकमा खाता खोलेको उनले बताए। परिचयपत्रकै आधारमा उनले लाइसेन्स निकालेका हुन्। अमेरिकासहित अन्य आठ मुलुक नगई भुटान नै जाने भनेर बसेका अधिकांश वृद्धवृद्धा शिविरभित्रै छन्।

अधिकांशका परिवार अमेरिकालगायतका मुलुकमा भएकाले उनीहरूको जीवनशैलीमा व्यापक परिवर्तन आएको छ। शरणार्थी शिविरका पूर्वसचिव डीबी सुब्बाले भने, ‘दाताले दिएको भरमा गुजारा गर्ने शरणार्थीले अहिले मनलाग्दो खान र गर्न पाएका छन्। वृद्धवृद्धा र परिवार नभएकालाई मात्रै सकस छ।’
-thaha khabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *