महिलाहरूलाई सबभन्दा बढी सजिन र सुन्दर देखिन मन लाग्छ । यसैले महिलाहरू प्राय कस्मेटिक प्रोडक्टको एकदमै प्रयोग गर्छन् ।
यदि तपाईं पनि अत्यधिक कस्मेटिक सामानको प्रयोग गर्नुहुन्छ भने होश गर्नुहोस् । तपाईंले प्रयोग गर्ने कस्मेटिक प्रोडक्ट्सले पनि तपाईंमा स्वास्थ्य समस्या ल्याउँछ । यो कुराको पुष्टि हालसालै भएको एक अध्ययनले देखाएको छ । स्टडीको रिपोर्टमा यो कुरा अगाडी आएको छ कि कस्मेटिक प्रोडक्ट्समा प्रयोग भएका केमिकल्सले महिलाको रिप्रोडक्टिभ हर्मोनमा खराब असर पार्छ ।
सोधकर्ताको अनुसार यो पहिलो स्टडी हो जुन एक स्वस्थ महिलामा कस्मेटिक प्रोडक्टले पर्ने खराब असरको बारेमा । यो स्टडीमा भनिएको छ यदि कम मात्रामा पनि महिलाहरूले कस्मेटिक प्रोडक्टको प्रयोग गर्छन् भने यसले पनि महिलाको रिप्रोडक्टिभ हर्मोनमा प्रभाव पार्छ । सोध कर्ताको भनाइ छ कि हामीले कस्मेटिक प्रोडक्टको प्रयोग गर्ने समयमा यसमा हुने केमिकल्सको बारेमा जानकारी लिनु जरूरी छ । रिपोर्टको अनुसार पैराबिन केमिकलले महिलामा एस्ट्रोजन हर्मोनको स्तर बढाइदिन्छ । स्ट
डीको रिपोर्टमा यो पनि भनिएको छ छालामा जति खराब प्रभाव प्रदुषणले हुन्छ त्यति नै खराब प्रभाव कस्मेटिकमा भएका केमिकल्सले पनि हुन्छ । यसको अलावा केही केमिकल्स यस्तो पनि हुन्छ जसले रिप्रोडक्टिभ हर्मोन कम पनि हुन्छ र कहिले बढ्छ पनि ।-युवा पोस्ट
Views: 0