१ सय ७ केजी गाँजा बोकेको पिकअप बारा प्रहरीको नियन्त्रणमा

२०७५ कार्तिक १७, शनिबार १४:५८ गते २०७५ कार्तिक १७, शनिबार १४:५८ गते २०७५ कार्तिक १७, शनिबार १४:५८ गते

बारा- एक सय ७ केजी गाँजा बोकेको पिकअप गाडी शनिबार बारा प्रहरीले नियन्त्रणमा लिएको छ।

हेटौडाबाट विरगञ्जतर्फ जाँदै गरेको ना ४ च ३८७५ नम्बरको पिकअप सो परिणाामको गाँजा र चालकसहित प्रहरीले पक्राउ गरेको हो।पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुर सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगन्जमा सवारी चेकजाँच गर्दा गाँजा सहितको गाडी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रन्जित सिंह राठौरले बताए।

चेकजाँच गर्दा पिकअपको पछाडि तरकारी राख्ने क्रेट भित्र लुकाएर राखिएको गाँजा भेटिएको उनको भनाई छ। जितपुरसिमरा उपमहानगरपालिका १२ का २४ वर्षीय विकेश सिंह समेतलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

-nepal live

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *