प्रधानमन्त्री ओलीको जीवन शैली अस्तव्यस्त, राम्रोसँग सास फेर्न पनि पाउँदैनन्

२०७५ कार्तिक १८, आईतवार ०१:३६ गते २०७५ कार्तिक १८, आईतवार ०१:३६ गते २०७५ कार्तिक १८, आईतवार ०१:३६ गते

स्वस्थ खाना, पर्याप्त सुताई तथा आराम, शारीरिक अभ्यास एवं मनोरञ्जन। व्यक्तिको कार्यक्षमता वढाउन यी पक्षले निर्णायक भूमिका खेलेका हुन्छन्। एउटा स्वस्थ व्यक्तिले दैनिक ८–१० घण्टा काम गरेर अरु समय आराम तथा मनोरञ्जन आदिमा लगाएको हुन्छ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली भने यसको अपवाद बनेका छन्। असिमित काम र जिम्मेवारीको बोझले थिचिएका ओलीको दैनिकी व्यस्त मात्र होइन, अस्तव्यस्त नै बनेको खबर आजको नेपाल साप्ताहिकमा बाबुराम विश्वकर्माले लेखेका छन्।

प्रधानमन्त्रीको निजी सचिवालय र सहयोगीहरुको व्यवस्थापकीय क्षमताको कमी र ओलीकै जबर्जस्तीका कारण उनले खाने र आराम गर्ने समय पाएका छैनन्।

उपचारपछि अझै पनि उनी चंगा भइसकेका छैनन्। ११ वर्षअघि मृगौला पत्यारोपण गरेका थिए ओलीले। त्यस यतापनि उनी निमोनियालगायतले सताइए, र एकाध पटक गम्भीर विरामी परेका छन्।तर उनको स्वास्थ्यलाई वेवास्ता गर्दै बालुवाटारमा विहान ८ बजेदेखि राती १२ बजेसम्म भेटघाट तय गर्ने गरिएको छ।

६८ वर्षका ओली आफैँले धपेडीपूर्ण जीवनशैली अपनाएका छन्। चुनावदेखिको ओलीको तीब्र दौडधुप प्रधानमन्त्री बनेपछि पनि रोकिएको छैन।एकीकृत पार्टीको अध्यक्ष, संसदीय दलको नेता र कार्यकारी प्रधानमन्त्रीको तीन अलगअलग तहको गहन जिम्मेबारीले ओलीलाई राम्ररी सास फेर्न पनि दिएको छैन।

कुनै दिन ओली राती तीन बजेमात्र सुन्ते गरेका छन्। सामान्य अबस्थामा ओली विहान ६ बजे उठिसक्छन्। त्यसपछि प्रधानमन्त्री निवासको बगैँचामा ३० देखि ४० मिनेटसम्म हिँडडुल गर्छन्।बालकोट हुँदा उनी विहान व्याडमिन्टन खेल्थे। तर, बालुवाटार सरेपछि त्यो क्रम टुटेको छ।
-nepalkhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *