७६ देश पुग्छन् नेपाली विद्यार्थी ! हेर्नुहोस नया सुचना,अष्ट्रेलिया पहिलो, जापान दोस्रो

२०७५ कार्तिक १८, आईतवार ०१:४३ गते २०७५ कार्तिक १८, आईतवार ०१:४३ गते २०७५ कार्तिक १८, आईतवार ०१:४३ गते

काठमाडौं । नेपाली विद्यार्थीहरुको विदेश गएर पढ्ने मोह बढ्दो रहेको पाइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘नो अब्जेक्सन लेटर’ लिएर उच्च शिक्षाका लागि विदेसिने विद्यार्थीको संख्या दिनहुँ डेढ सयदेखि २ सयको हाराहारीमा पुग्ने गरेको जनाएको छ । शिक्षा मन्त्रालयले पछिल्लो समय नेपाली विद्यार्थीहरु विदेश गएर पढ्ने लहर नै चलेको बताए ।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार दुई महिनामामात्रै झन्डै १२ हजारले विदेश पढ्न जाने स्वीकृतिपत्र बुझेका छन् । मन्त्रालयले ०७५ को साउन र भदौमा मात्रै ११ हजार ५ सयबढी विद्यार्थीले विदेश जान स्वीकृतिपत्र लिएको जनाएको छ । उच्च शिक्षाको अध्ययनसँगै विदेशमा गएर कमाउँदै पढ्न पाइने लोभलेसमेत अधिकांश विद्यार्थीको गन्तव्य विदेश हुने गरेको शिक्षाविद्हरुको तर्क रहेको छ ।

शिक्षाविद् धनन्जय अधिकारी भन्छन्, “विदेशमा गएर कमाउने उद्देश्यले स्टुडेन्ट भिसामा जाने नेपालीहरुको संख्या ठूलो रहेको छ ।”  काम गर्दै पढ्ने अधिकांश विद्यार्थी भने छात्रवृत्ति नपाएका र आफ्नै खर्चमा पढ्न गएका विद्यार्थीहरु हुने गरेको मन्त्रालयले जनाएको छ । शिक्षाविदहरु्का अनुसार त्यस्ता विद्यार्थीहरु कमाउने लोभले विदेश जाने लामो समय उतै हराउने गरेका छन् । भने तिनै विद्यार्थीहरुका कारण ठूलो संख्यामा नेपाली पुँजीसमेत बाहिरिएको छ ।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार ०७४ को वैशाखदेखि ०७५ को असार १९ गतेसम्ममा मात्रै सो पत्र लिएर विदेश पढ्न जानेको संख्या ७१ हजार ७ सय ४३ पुगेको थियो जो निकै उच्च संख्या मानिएको थियो । भने त्यसयता सो संख्या उल्लेख्य वृद्धि भएको देखिएको छ ।
मन्त्रालयको वैदेशिक अध्ययन अनुमति व्यवस्थापन शाखाको तथ्यांकअनुसार ०७४ को वैशाखदेखि ०७५ को भदौसम्ममा मात्रै ८७ हजार ७ सयबढी विद्यार्थीले स्वीकृतिपत्र नो अब्जेक्सन लेटर लिएको छ।

तथ्यांकअनुसार आव २०७२–०७३ मा ३२ हजार ४ सय ८९ ले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए भने ०७३–७४ मा सो संख्या बढेर ५० हजार ७ सय ३७ जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए ।  मन्त्रालयले विश्लेषण गरेको पाँचवर्षको डाटाअनुसार एमबीबीएस र बीडीएस पढ्न भनेरमात्रै ४ हजार ३ सयबढी विद्यार्थीहरु बाहिरिएका छन् । एक विद्यार्थीले प्रतिव्यक्ति ५० लाखका दरले तिरेका हुन्छन् ।

प्रत्येक वर्ष उच्च शिक्षाको लागि ठूलो संख्यामा पुँजी बाहिरिएको शिक्षा मन्त्रालयको तथ्यांकले देखाएको छ । मन्त्रालयका सह–सचिव सूर्यप्रसाद गौतमले बंगलादेश, चीन र रसियालगायतका देशहरुमा ठूलो संख्यामा विद्यार्थी पढ्न गएको जानकारी दिए ।
पहिलो रोजाइको मुलुक अस्ट्रेलिया

वैदेशिक अध्ययन अनुमति व्यवस्थापन शाखाले दिएको जानकारीअनुसार नेपाली विद्यार्थीहरुको पहिलो रोजाइको मुलुक अस्ट्रेलिया हुने गरेको जनाएको छ ।  हुन् त नेपाली विद्यार्थीले ७६ वटा मुलुकमा पढ्न जाने स्वीकृति लिने गरेका छन् तर अस्ट्रेलियाप्रतिको आर्कषण सधैं उच्च हुने गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो १७ महिनाको तथ्यांकअनुसार ४७ हजार २ सय ७० जना विद्यार्थीले अस्ट्रेलियाका लागि ‘नो अब्जेक्सन लेटर’ लिएका छन् ।

त्यस्तै दोस्रोमा जापान नेपाली विद्यार्थीहरुको रोजाइमा पर्ने गरेको छ । भने अमेरिका र चीन त्यसपछिको गन्तव्य हुने गरेको छ । त्यस्तै भारत, क्यानडालगायतका मुलुकमासमेत नेपाली विद्यार्थीको संख्या उल्लेख रहेको मन्त्रालयले जानकारी दियो । त्यस्तै मन्त्रालयको तथ्यांकअनुसार मेडिकल शिक्षाका लागि बाहिर जानेहरुमा भने सबैभन्दा बढी ७२ प्रतिशत बंगलादेशमा पढ्न गएका छन् ।

किन बढ्दो छ संख्या ? 

शिक्षाविद् धनन्जय अधिकारी ‘नो अब्जेक्सन लेटर’ लिएर विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या बढ्नुमा दुइटा कारण देख्छन् । पहिलो त हामीले विद्यार्थीको आकांक्षा अनुरुपको शिक्षा दिन सकेनौँ र त्यस किसिमका शैक्षिक संस्थाहरु नेपालमा खुलेनन् । भने अर्को अलि हुनेखाने पैसावालहरु आफ्ना छोराछोरीको भविष्य नेपालमा देख्दैनन् । उनीहरुमा आफ्ना छोराछोरी विदेश पढ्न जाउन र उतै जागिर खाउन भन्ने मनोविज्ञान विकसित हुँदै गएको छ ।

उनले ‘नो अब्जेक्सन लेटर’ लिनेहरु सबै विदेशमा गएर पढ्ने नै हुन् भन्न नसकिने बताए । शिक्षाविद् अधिकारीका अनुसार कतिजना सो लेटर लिएर स्टुडेन्ट भिसामा लुकेर विदेशमा काम गर्नेहरु छन् भने पेशा व्यवसायको खोजीमा स्टुडेन्ट भिसामा विदेश छिर्ने गरेकालेसमेत संख्या बढ्दो देखिएको बताए । उनले यसलाई रोक्न सरकारले र राज्यले नै नेपालमै रोजगारीका अवसर सृजना गर्नुका साथै उच्च र प्रभावकारी शिक्षा नेपालमै उपलब्ध गराउनुपर्ने तर्क गरे । -बार खरी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *