छालासँग जोडिएका कैयौं गम्भिर समस्याको लागि आलुको प्रयोग गर्नु फाइदाजनक हुन्छ । आलुमा धेरै यस्ता पोषक तत्व पाइन्छन् जसले छालालाई पोषित गर्ने काम गर्छ ।
आलुमा भएको भिटामिन सी, प्रोटीन, जिंक र कपरले छालालाई पोषण दिने काम गर्छ । यी सबै तत्व हाम्रो अनुहारमा देखिने बूढोपनको लक्षणलाई टाढा भगाउन मद्दतगार हुन्छन् ।
२ चम्चा आलुको रस लिनुस् । यसमा केही मात्रामा मन तातो पानी हाल्नुहोस् । यसलाई कपासको मद्दतले पूरै अनुहारमा लगाउनुहोस् । केही समय सम्म यस मास्कलाई लगाइरहनुहोस् । जब यो सुक्छ तब हलुका मन तातो पानीले आफ्नो अनुहार धुनुस् ।
आलुमा भएको स्टार्चले छालामा कसावट आउँछ । यदि तपाईंको अनुहार चाउरी पर्न थालेको छ भने आलुको रसको यो मास्क तपाईंको लागि एकदमै फाइदाजनक हुन्छ । आलुको प्रयोग हात र खुट्टाको हेरचाहको लागि पनि गर्न सकिन्छ ।
२ या ३ आलु लिएर यसलाई मजाले पिस्नुस् अनि यसमा तातो दूध केही मात्रामा मिलाउनुहोस् । यो पेस्टले हात खुट्टाको मसाज गर्नुहोस् । यो मसाजले हात र खुट्टा नरम हुन्छ । आलुको रस ती व्यक्तिहरूको लागि एकदमै फाइदाजनक हुन्छ जसको छाला तैलीय हुन्छ ।
आलुको रस र टमाटरको रसलाई समान मात्रामा मिलाउनुस् । यो रसलाई कपासको सहायताले अनुहार र गलामा लगाउनुहोस् । यो मास्कको प्रयोगले छालाको रङ्ग त निखारिन्छ यसको साथै तैलीय छालाबाट पनि छुटकारा मिल्छ । युबा पोस्ट बाट
Views: 0