तिहारका लागि मिठाई किन्दै हुनुहुन्छ? साबधान! खानै नहुने मिठाई छन् बजारमा

२०७५ कार्तिक १९, सोमबार १५:२३ गते २०७५ कार्तिक १९, सोमबार १५:२३ गते २०७५ कार्तिक १९, सोमबार १५:२३ गते
;"o{ljgfos gu/kflnsfn] ;Nnf3f/L rf]ssf] nIdL :jL6 P08 rf6 xfpF;df ;f]daf/ cg'udgsf qmddf e]l6Psf] cVffB a:t' ld;fO{Psf] ld7fO{ gi6 ub}{ . tl:j/ M /d]z lu/L, eQmk'/, /f;;

भक्तपुर – तिहार सुरु भएपछि सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रमा गरेको मिठाई पसल अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई बिक्री गरिरहेको पाइएको छ ।

अनुगमन टोलीले अखाद्य वस्तु मिसाएर बनाएको, ढुसी आएको, बिग्रिएको र पुरानो मिठाई तथा मिठाई बनाउन प्रयोग हुने तेल भारी मात्रामा नष्ट गरेको छ ।

अनुगमनका क्रममा सिर्जनानगरस्थित कन्हैया स्वीट एण्ड चाट हाउस, सल्लाघारीको गणपति स्वीट हाउस, लक्ष्मी स्वीट एण्ड चाट हाउस, सूर्यविनायकको गणेश मिठाई भण्डार, सूर्यविनायक मिठाई भण्डार, पाण्डुबजारको जय माता दि स्वीट एण्ड चाट हाउसमा अखाद्य बस्तु मिसाएर मिठाई बनाएको पाइएको हो । दर्ता नभएका र केहीमा दर्ता भए पनि नवीकरण नगरिएको पाइएको थियो ।

तिहारका लागि बनाईएको अधिकांश मठाई पकाउने तेल जा“च गर्दा रानसिड(एसिड) बढी भई गुणस्तरहीन भएको, तेलमा अखाद्य बस्तुको मिसावट भएको, म्याद नाघेको रंग प्रयोग गरेको, आवश्यकता भन्दा अत्याधिक बढी अखाद्य रंग प्रयोग गरिएको, बासी मिठाईहरु र म्याद नाघेको सामानहरु ठूलो मात्रामा जफत गरी नष्ट गरेको अनुगमन समितिको संयोजक एवं उपप्रमुख जुना बस्नेतले जानकारी दिनुभयो ।

अनुमगनमा जेरी, लड्डु, पेडा, बर्फी, पुरी, समोसा, सेल लगायतका विभिन्न प्रकारका मिठाई एवं खाद्यान्न, मिठाई पकाउँने तेल जफत गरी नष्ट गरिएको थियो । सूर्यविनायकको लक्ष्मी मिठाई भण्डार एवं फूड क्याफे र सिद्धिलक्ष्मी मिठाई तथा दही भण्डार अन्यको तुलनामा राम्रो र सफा पाइएको थियो । त्यसैगरी दधिकोटमा रहेको मोर्डन दूग्ध डेरीमा गरिएको अनुगमनमा नगरपालिकामा दर्ता नगरी सञ्चालन गरेको पाइएको छ ।

नगरपालिकाको उपप्रमुख जूना बस्नेतसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक शिवप्रसाद भण्डारी, नवराज आचार्य, नगरपालिका शाखा अधिकृत अनिरुद्र नेपाल, कर्मचारीहरु पूर्णचन्द्र शर्मा, शोभा घिमिरे, सुमित्रा थापा, उपभोक्ता महासंघका प्रतिनिधि लक्ष्मी भण्डारीलगायतको टोलीले अनुगमन गरेको थियो ।

मानवीय जीवनमाथि खेलबाड गरी अखाद्य बस्तु मिसाउँने व्यक्तिलाई  ५ हजार रुपैयाँ जरिवाना र ६ महिना कैद सजायको व्यवस्था गरिएको खाद्य प्राविधिक शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

मिठाई बनाउँदा पाँच केजीमा एक ग्राम मात्रै खान उपयुक्त भनेर प्रमाणित गरेको रंग राख्न पाइने भए पनि व्यापारीले पाँच किलो मिठाईमा १५ ग्रामसम्म रंग प्रयोग गरेको पाइएको उहाँले बताउनुभयो ।

-उज्यालो अनलाइन 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *