विवाहको एक घण्टामै बेहुला–बेहुलीको निधन

२०७५ कार्तिक २०, मंगलवार ०३:१३ गते २०७५ कार्तिक २०, मंगलवार ०३:१३ गते २०७५ कार्तिक २०, मंगलवार ०३:१३ गते

अमेरिकाको टेक्सासमा बिहे गरेर फर्किँदै गरेका एक जोडीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ।विवाह सकेर विवाहस्थलबाट हेलिकप्टरमा उडेका नवविवाहित जोडीको स्थानीय समय अनुसार शनिबार अबेर राति भएको दुर्घटनामा निधन भएको स्थानीय अधिकारीले बताएका छन् ।

साम ह्युस्टन स्टेट युनिभर्सिटीमा अध्ययनरत विल बायलर र बेली एकर्म्यान बायलरको हेलिकप्टर दुर्घटनामा निधन भएको हो । उनीहरुको निधन सम्बन्धी खबर पहिलोपटक युनिभर्सिटीको स्टुडेण्ड न्युजपेपरले दिएको थियो ।

सामाजिक सञ्जालमा उनीहरुको विवाहमा सहभागी भएका साथीहरुले विवाहको तस्बिरसहित श्रद्धाञ्जली अर्पण गरेका छन् । हेलिकप्टरका पाइलटको पनि निधन भएको छ । विल र बेली विवाह सकेर हेलिकप्टर मार्फत घर फर्किँदै थिए ।

विवाहको एक घण्टा भित्रै उनीहरु चढेको हेलिकप्टर बायलर परिवारको खेलमा दुर्घटनाग्रस्त भयो । यो घटना टेक्सासको दक्षिणी क्षेत्रमा भएको हो। विलले विश्वविद्यालयमा एग्रिकल्चरल इन्जिनियरिङ्ग पढ्दै थिए।

यस्तै बेलीले एग्रिकल्चरल कम्युनिकेशन अध्ययनरत थिइन् । उनीहरु विश्वविद्यालयको अन्तिम वर्षको अध्ययनमा थिए । दुर्घटनाको खबर आइतबार बिहान मात्रै थाहा भएको हो ।-देश संचार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *