धामीले भूतप्रेत भगाउँछू भन्दै तातो पन्यूले डामेपछि..

२०७५ कार्तिक २०, मंगलवार १५:४१ गते २०७५ कार्तिक २०, मंगलवार १५:४१ गते २०७५ कार्तिक २०, मंगलवार १५:४१ गते

सिन्धुली : भूतप्रेत लागेको भन्दै धामीले एक महिलालाई तातो पन्यूले डामेर घाइते बनाएका छन्।

कमलामाई नगरपालिका १२ स्थित डहर भन्ने गाउँकी ३७ वर्षीया पूर्णमाया गुर्मछान मगरलाई भूतप्रेत लागेको र निको गराउने भन्दै तीनपाटन गाँउपालिका ३ का कथित धामी दुर्गाबहादुर आले मगरले पन्यू तताएर गालामा डामेका हुन्।

धामी दुर्गा बहादुर मगरले तातो पन्यूले डाम्दा पूर्णमायाको अनुहार पूर्णरूपले डढेको छ। उनीलाई गाला तथा ज्यानमा डामेको यो तेस्रो पटकको घटना हो।  पीडित महिलाको सिन्धुली अस्पतालमा उपचार भइरहेको शिक्षक सुमन कोइरालाले जनाए। शिक्षक कोइरालाका अनुसार सामान्य काम्ने तथा अनावश्यक बोल्ने जस्तो रोग देखिएकाले धामी कहाँ झारफुक गर्न जाँदा उनले एउटा कालो बोको, रातो भाले पूजा गरेर खानुका साथै पीडितलाई तातो पन्यूले डामेका थिए।

पन्यूले डामेर घाइते भएकी उनलाई घरका आफन्तले पनि उपचारमा तत्काल साथ दिएनन्। पीडित महिलाको माइती पक्षका बाबु छोरी भेट्न घर जाँदा छोरी नदेखाएपछि छोरी कता गएकी छन् भन्दै बाबुले आफ्नै ज्वाइँसँग सोधखोज गरे। सोधखोज गर्दा समेत यतै होला भन्दै केही समय उनलाई छोरी नदेखाएपछि उनले छिमेकीको सहयोगमा यथार्थ कुरा थाहा पाएका थिए।

उनले नै छोरी पूर्णरूपमा घाइते देखेपछि अस्पताल ल्याएका थिए। गत बिहीबार भएको घटनाको ढाकछोप गर्दै राखेको र उनका बाबुले मंगलबार अस्पताल ल्याएपछि घटना बाहिर आएको हो। छरछिमेकीको समेत मिलेमतोमा धामीले आफ्नी छोरीलाई तातो पन्यूले डामेको पूर्णमायाका बाबु चन्द्र खुलालले आरोप लगाए। जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वरप्रसाद यादवले धामी फरार रहेको र उनको खोजी भइरहेको बताए।

-थाहा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *