प्रधानमन्त्री ओलीले सबैलाई हँसाए: तीन सातापछि सार्वजनिक कार्यक्रममा

२०७५ कार्तिक २२, बिहीबार ०२:०७ गते २०७५ कार्तिक २२, बिहीबार ०२:०७ गते २०७५ कार्तिक २२, बिहीबार ०२:०७ गते
dbg e08f/L snf ;flxTo k|lti7fg4f/f jfn'jf6f/df dxfslj nlId k|;fb b]jsf]6f]sf] !!) cf}+ hGd hoGtLsf] cj;/df cfof]hLt sfo{qmddf pkl:yt k|d'v cltly k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि बुधबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनु भएको छ । चिकित्सकहरुको परामर्शमै प्रधानमन्त्री ओली महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औं जन्मजयन्तीको अवसर पारेर बुधबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सहभागी हुनु भएको हो ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पहिलो पटक सार्वजनिक हुनु भएका प्रधानमन्त्री ओलीले सदाझैँ व्यंग्य मिश्रित भावसहित भाषण गर्न पनि भ्याउनुभयो ।

उहाँले भाषणको सुरुवातमै सबैलाई प्रमुख अतिथि भनेपछि हल हाँसोले गुञ्जायमान भएको थियो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले महाकवि देवकोटा जस्तो विद्वान कवि विश्वमा कतै पनि नभएको पनि स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले महाकवि देवकोटालाई बेगवान कविको रुपमा पनि चित्रण गर्नुभयो । उहाँले अत्याधिक धूमपान गरेर देवकोटाले गम्भीर भूल गरेको तथ्य पनि त्यस अवसरमा स्मरण गराउनुभयो ।

कार्यक्रममा साहित्यकारहरुले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको स्मरण गर्दै कविता वाचन गरेका थिए । यसैबीच, प्रधानमन्त्री केपी ओली आफूहरुले दिएको सुझाव अनुसार नै बुधबारबाट सार्वजनिक कार्यक्रममा सहभागी उल्लेख गर्दै त्यसले कुनै असर नपार्ने वरिष्ठ चिकित्सक अरुण सायमीले बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीसँगै महाकवि देवकोटाको जन्मजयन्ति कार्यक्रममा पुग्नु भएका उहाँले कला र साहित्यमा मरिमेट्ने प्रधानमन्त्री ओलीलाई धेरै नबोल्न भने पुनः सुझाव दिनुभयो ।

प्रधानमन्त्री ओली छातीमा समस्या देखिएपछि तीन साताअघि महाराजगञ्जस्थित मनमोहन भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना हुनु भएको थियो ।

-उज्यालो अनलाइन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *