अमला एक फाइदा अनेक

२०७५ कार्तिक २३, शुक्रबार ०१:४५ गते २०७५ कार्तिक २३, शुक्रबार ०१:४५ गते २०७५ कार्तिक २३, शुक्रबार ०१:४५ गते

अमला भन्नेवित्तिकै धेरैको मुख रसाउँछ।अमला खाँदा जति स्वादिष्ट छ, स्वास्थ्यको दृष्टिकोणले पनि उति नै गुणकारी छ। अमलामा सबैभन्दा धेरै भिटामिन सी पाइन्छ। यसले गर्दा एउटा अमलाको सेवनबाट तीन सुन्तला बराबर भिटामिन सी पाइन्छ।

आयुर्वेदिक उपचारको क्षेत्रमा अमलालाई औषधिको रूपमै प्रयोग गर्ने गरिन्छ। अमलामा प्रशस्त मात्रामा गालिक एसिड, टान्निक एसिड, सेलुलोज, क्याल्सियम, अल्बुमिन जस्ता शरीरलाई आवश्यक तत्त्व पाइने हुँदा यसलाई स्वास्थ्यको दृष्टिकोणले औषधीय गुणयुक्त फलको रूपमा लिने गरिन्छ।

अमला नियमित सेवनले हुने फाइदाहरू : – नियमित अमला खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउनुका साथै रगत सफा गर्छ। – भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपालमा चाया पर्नबाट जोगाउँछ। कपाल झर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ। – रुघाखोकी लागेको बेला अमलाको सेवन गरे सन्चो हुन्छ भने नियमित अमला सेवनले पिसाब पोल्ने जस्ता पिसाबसम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ। – अमलाको नियमित सेवनले पाचन शक्ति मजबुत बनाउँछ भने स्मरण शक्ति बढाउन सहयोग पुर्‍याउँछ। – अमलाको सेवनले बुढोपन हुनबाट जोगाउँछ भने मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउँछ। – यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न सहयोग गर्नुका साथै कब्जियत हुनबाट पनि बचाउँछ। – यदि रगत बढी बग्ने समस्याहरू (नाथ्री फुट्ने, महिनावारीमा बढी रगत जाने आदि) छन् भने अमलाको नियमित सेवनले रक्तश्राव हुने क्रम घट्छ।
-thaha khabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *