स्वस्थ रहने निशुल्क उपाय

२०७५ कार्तिक २४, शनिबार १६:४४ गते २०७५ कार्तिक २४, शनिबार १६:४४ गते २०७५ कार्तिक २४, शनिबार १६:४४ गते

स्वस्थ रहने यौटा सजिलो उपाए भनेको मुस्कान/हासो हो। तपाईँको मुस्कानले तपाईँको व्यक्तित्वमा निखारता त ल्याउँछ नै त्यो भन्दा महत्वपूर्ण तपाईँको स्वास्थ्यमा समेत सकारात्मक फाइदा पुरयाउछ।अझ भनौ तपाईँको एक मिठो मुस्कान धेरै रोगको औषधि बन्न सक्छ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका एक जना प्रोफेसरले हालै गरेको आफ्नो एक खोजमा मुस्कान केवल मनलाई खुशी दिने मात्रै नभई स्वास्थ्य उपचारको अचुक माध्यम समेत रहेको पत्ता लगाएका छन् । खोजकर्ता प्रोफेसर जोन डाल्तनको तर्क छ, मुस्कुराउदा खेरी अनुहार देखि घाँटीसम्मको मांसपेशीको ब्यायम हुन्छ । अनि अनुहारको सबै मांसपेशी कस्सिएर छाला चाउरी पर्न समेत दिदैन ।

उता बोस्र्टन युनिभर्सिटीमा गरिएको अर्को खोजमा मुस्कुराएर गरिएको काम पुरा हुने सम्भावना ५० प्रतिशतले बढ्न जान्छ । यदी तपाईँ कोहीसंग पहिलोपटक भेट्दै हुनुहुन्छ भने मुस्कुराउने गर्नुस । यसले भेटघाटको माहोल नै रमाइलो र सुन्दर बनाउछ जसका कारण तपाईँ खुलेर कुराकानी गर्न सक्नुहुन्छ ।

अनि मुस्कान तपाईँको निजी जीवनमा मात्रै होइन व्याबसायीक जीवनमा पनि धेरै महत्वपूर्ण हुन्छ । जब तपाईँ विहान देखी नै मुस्कुराएर आफ्नो कामको सुरुवात गर्नुहुन्छ । तपाईँको पुरा दिन नै खुशीसंग वित्छ ।

-nepali health बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *