रणवीर-दीपिका अब श्रीमान–श्रीमती।

२०७५ कार्तिक २८, बुधबार १५:०३ गते २०७५ कार्तिक २८, बुधबार १५:०३ गते २०७५ कार्तिक २८, बुधबार १५:०३ गते

बलिउडका चर्चित स्टार जोडि दीपिका पादुकोण र रणवीर सिंह अन्तत विवाह बन्धनमा बाँधिएका छन् ।

आज इटालीको कोमो ताल छेउमा भएको एक समारोहमा उनीहरुको विवाह सम्पन्न भएको हो ।
विवाहमा दुलाहा दुलहीले आमन्त्रीत गरेका केही चुनिएका आफन्तजन र मित्रहरु सहभागी थिए ।

यो सुन्दर जोडीले कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा लगनगाँठो बाँधेका हुन् ।  विवाहको बाँकी विधि अथवा विवाहस्थलको तस्विर वा जानकारी बाहिर ल्याउन अत्यन्त गोप्यता अपनाएको यो जोडीले अहिले विवाह सम्पन्न भएको जानकारी भने तत्कालै बाहिर ल्याएको छ ।

यो सुन्दर जोडीको अन्तिम तस्वीर यी दुई इटाली प्रस्थान गर्दै गर्दाको मात्र देखिएको थियो । उक्त तस्विरमा उनीहरु दुवै जना सेतो पहिरनमा देखिन्छन् ।

त्यसयता उनीहरुको एउटा पनि तस्विर बाहिर आएको छैन ।
यहाँसम्मकी विवाहस्थलमा आफ्नो श्रीमानसँग खिचिएको गायिका हर्षद्विप कौरको तस्विर पछि डिलिट गरिएको थियो ।

-रातोपाटि 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed