पूर्वउपसभामुख सुवेदीले गरिदिइन् बुहारीको बिहे

२०७५ मंसिर २, आईतवार ०६:५६ गते २०७५ मंसिर २, आईतवार ०६:५६ गते २०७५ मंसिर २, आईतवार ०६:५६ गते

पूर्वउपसभामुख सुवेदीले गरिदिइन् बुहारीको बिहेदैनिक नेपाल

काठमाडौं, २ मंसिर । महाभूकम्पमा परी छोराको निधनपछि एकल भएकी जेठी बुहारीलाई पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीले अन्माएकी छन् ।

नेपाल कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभा सदस्य रहेकी सुवेदीले बुहारी मालती शर्माको बिहे गरिदिएकी हुन् । उनले छोरीको रूपमा बिहे गरिदिएको बताएकी छन् ।

मालतीको उनैले मन पराएका नेपालगञ्जका सुधीर गौतमसँग बिहे भएको छ । आफन्त र केही नेताहरूमात्र राखेर मालती–सुधीरको लगनगाँठो कसिएको थियो । सुवेदी तिर मालतीका दुई सन्तान छन् ।

सुवेदी परिवारले मालतीको खुशी पनि पूरा हुने भन्दै आफ्नै घरबाट अन्माएका थिए । मालतीका ससुरा प्रका सुवेदी भन्छन्,‘बुहारीको बिहे गर्ने इच्छा देखियो, घरबाटै अन्माइदिन भनेपछि हामीले छोरी जसरी नै विदा गरेका हौं ।’

उनका पहिला पति अच्युुत सुवेदी १२ वैशाख, २०७२ को भुकम्पमा काठमाडौंमा बसेको होटलमा च्यापिएका थिए । उनको उपचारका क्रममा भारतमा निधन भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed