साथमा टाइगर र दिशा: ब्रेकअपको खबरलाई गलत साबित गर्दै

२०७५ मंसिर ३, सोमबार ०८:११ गते २०७५ मंसिर ३, सोमबार ०८:११ गते २०७५ मंसिर ३, सोमबार ०८:११ गते

केही सयम अघि अभिनेता टाइगर श्राफ र उनकी प्रेमिका दिशा पाटनीबीच ब्रेकअप भएको खबर सार्वजनिक भएको थियो । ब्रेकअपको खबरले यी दुवैका फ्यानहरुसमेत निराश भएका थिए । तर अहिले फेरि टाइगर र दिशाकोे जोडी ब्रेकअपको खबरलाई झूठो सावित गर्दै एकअर्काको साथमा समय बिताइरहेको छ । टाइगरले उनको परिवारका साथ दिशालाई कहिले डिनर त कहिले लञ्ज डेटमा लगिरहेका छन् ।

हालै सार्वजनिक तस्बिरमा पनि अभिनेता टाइगर श्राफ र दिशा पाटनी एकसाथ एक रेष्टुरेन्ट बाहिर निस्किरहेको देखिएका छन् । दुवैजनाको साथमा टाइगरकी बहिनी कृष्णा पनि देखिएकी छिन् ।

दिशा र कृष्णा एक अर्काको हात समात्दै रेष्टुरेण्ट बाहिर निस्किरहेका छन् साथमा टाइगर श्राफलाई पनि देख्न सकिन्छ । केही समय अघि टाइगरकी आमा आयशा श्राफका साथ पनि दीशा र टाइगरलाई एक डिनर डेटमा देखिएको  थियो ।

टाइगर र दिशाको सम्बन्धमा आएको दरारको कारण टाइगर अभिनित फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ की अभिनेत्री तारा सुतारियालाई मानिएको थियो । खबरहरुका अनुसार अभिनेत्री दिशा प्रेमी टाइगर श्राफलाई आफ्नो कब्जामा राख्न चाहन्थिन् ।

साथै टाइगरलाई कुनै पनि अभिनेत्रीको नजिक भएको दिशालाई चित्त बुझ्थेन । यति हुँदाहुँदै पनि अभिनेता टाइगर उनको नयाँ फिल्मकी अभिनेत्री तारा सुतारियाका साथ नजिकिएपछि दिशाको चित्त दुखेको थियो ।

श्रोत-उज्यालो अनलाइन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *