सुष्मिता सेन : जसले मिस इण्डियामा ऐश्वर्या रायलाई पनि पछाडि पारेकी थिइन्

२०७५ मंसिर ३, सोमबार ०८:१६ गते २०७५ मंसिर ३, सोमबार ०८:१६ गते २०७५ मंसिर ३, सोमबार ०८:१६ गते

सुष्मिता सेन : जसले मिस इण्डियामा ऐश्वर्या रायलाई पनि पछाडि पारेकी थिइन्फिल्म ‘बिबी नम्बर १’, ‘सिर्फ तुम’ ‘मे हुँ ना’ जस्ता चर्चित बलिउड फिल्मकी अभिनेत्री सुष्मिता सेनको जन्म १९ नोभेम्बर १९७५ मा भारतको हैदराबादमा भएको थियो ।

सन् १९९४ मे २१ मा उनले मिस युनिभर्सको ताज जितेकी थिइन् । उनी आकर्षक लुक र फिगरकी धनी मात्रै नभई ब्यूटी विथ ब्रेनकी एक उत्कृष्ट उदाहरण पनि हुन् ।

सुष्मिताले उनको जीवनमा हरेक कुरा निकै नै अलग अन्दाजमा गरेकी छिन् । आज पनि सुष्मिता कैयौँ व्यक्तिहरुको रोलमोडल बनेकी छिन् । भारतबाट मिस युनिभर्सको ताज जित्ने उनी पहिलो महिला हुन् । मिस युनिभर्सको उपाधि जित्दा सुष्मिता केवल १८ वर्षकी थिइन् ।

त्यस समयमा भारतमा उनीसँगै अभिनेत्री ऐश्वर्या राय पनि उक्त सौन्दर्य प्रतियोगितामा सहभागी थिइन् । एश्वर्या राय जब उक्त प्रतियोगितामा सहभागी हुन आइन् तब कैयौँ प्रतियोगी युवतीले ऐश्वर्याको अगाडि आफूहरु जित्न नसक्ने भनेर सहभागिता फिर्ता लिएका थिए ।

सुष्मिता स्वयमले पनि अर्को वर्ष सहभागी हुने भन्दै प्रतियोगिताबाट बाहिरिने निर्णय लिएर घर फर्किएकी थिइन् । तर सुष्मिता सेनकी आमाले यसै वर्ष सहभागी हुनु पर्छ, साथै यो मिस इण्डियाको ताज जितेर आउनु भन्दै सम्झाएपछि सुष्मिता प्रतियोगितामा सहभागी भएकी हुन् । अन्त्यमा त्यस समयमा सुष्मिताले ऐश्वर्यालगायत २५ जना युवतीलाई पछाडि पार्दै मिस इण्डियाको ताज जितेकी थिइन् ।

सुष्मिता सेनको करियरमा कैयौँ व्यक्तिहरुका साथ अफेयर रहेको भन्दै उनको नाम जोडियो । उनी पनि हरेकपल्ट अफेयरको खबर स्वीकार गर्थिन् । कहिले व्यापारी त कहिले अभिनेताहरुका साथ उनको नाम जोडियो । उनी ती खबरहरुप्रति सफाइ दिनुको सट्टा सधँै रिलेसनसिपका बारेमा ओपन रहँदै आइन् ।

सुष्मिता एक हिन्दी मिडियम स्कुलबाट पढाइ गरेकी हुन् । उनले १६ वर्षको उमेरमा आएर अंग्रेजी भाषा सिकेकी थिइन् । तर उनको अंग्रेजी भाषाको फ्लुएन्सी देखेर जोकोही पनि हैरान हुन्छन् ।

उनी २५ वर्ष वर्षकी हुँदा एक बच्चालाई एडप्ट गरेकी थिइन् । उनको यस कार्यलाई कैयौँ व्यक्तिहरुले आलोचना गरेका थिए । तर उनले कसैको कुरामा ध्यान दिइनन् । आज उनी रिनी र अलीशा नामकी २ छोरीकी सिंगल आमा हुन् ।

सुष्मितालाई चाइल्ड वेलफेयरका लागि काम गर्न राम्रो लाग्छ ।। उनी एक च्यारिटेबल फाउण्डेशन सञ्चालन गर्दै आइरहेकी छिन् । जसको नाम आइ एम फाउण्डेशन हो ।

सुष्मिता एक मध्यमवर्गीय परिवारमा हुर्किएकी हुन् । उनको परिवारसँग मनग्गे पैसा थिएन । मिस युनिभर्सको ताज पहिरिने दिन उनले लगाएको गाउन कुनै डिजाइनरले तयार पारेको डिजाइनर गाउन थिएन । उनले त्यो गाउन स्थानीय ट्रेलरमा सिलाएकी थिइन् । साथै उनले हातमा लगाएको सेतो रंगको पञ्जा समेत डिजाइनर नभई खुट्टामा लगाउने एक जोर मोजाबाट बनाइएको थियो ।

आज उनी आज ४३ वर्षकी भइन् तर उनको सुन्दरताले आज पनि लाखौंलाई लोभ्याउने गर्छ । उनले अहिलेसम्म विवाह गरेकी छैनन् । हालै सार्वजनिक खबरहरुका अनुसार अहिले उनी आफूभन्दा १५ वर्ष कान्छा मोडल रोहमन शोलको प्रेममा छिन् ।

रोहमन शोलले उनको इन्स्टाग्राम अकाउन्टमा सुष्मितासँगको एक तस्बिर पोष्ट गर्दै मायाका साथ जन्मदिनको शुभकामना दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *