हेर्नुहोस नक्कली कपालको सहारा लिने नेपाली नायक देखि गायक सम्म

२०७५ मंसिर ३, सोमबार १६:१८ गते २०७५ मंसिर ३, सोमबार १६:१८ गते २०७५ मंसिर ३, सोमबार १६:१८ गते

काठमाडौँ : दर्शकले कलाकारको अभिनयसँगै गेटअपमा पनि ध्यान दिइरहेका हुन्छन् । यसैले एउटा कलाकारले पर्दामा देखिने आफ्नो रुपरङदेखि पहिरनसम्ममा विचार पुर्‍याउनुपर्ने हुन्छ ।

दर्शकले गेटअपमा टिप्पणी गर्ने क्रम बढेपछि चलेका केही कलाकारलाई पातलो कपाल चिन्ताको विषय बनेको छ । फुलेको तिलचामले कपाल रङ्ग्याएर कालो बनाउनु त सामान्य भयो, पछिल्लो समय कतिपय कलाकारले नक्कली कपालको सहारा लिन थालेका छन् ।

नक्कली कपालको सहारा लिनेहरु नायकदेखि लोकगायकसम्म छन् ।

हेरौं उनीहरु को-को रहेछन्ः

भुवन केसी : सदाबहार नायकको रुपमा परिचित भुवन केसीलाई उमेर घर्केसँगै कपालले धोका दिन थालेको छ । चलचित्रमा मात्रै हैन, कतिपय कार्यक्रममा उपस्थित हुँदा समेत उनी नक्कली कपाल लगाएर देखिन थालेका छन् उनी ।

आफूलाई खुला किताब हुँ भन्ने भुवन नक्कली कपालको सहारा लिएको कुरा भने सकेसम्म लुकाउन चाहन्छन् ।

आर्यन सिग्देल: चकलेटी नायकको उपाधि पाएका आर्यन सिग्देलले धेरै नायिकासँग अनस्त्रिmन रोमान्सको अवसर पाए । तर, आफ्नै कपालले धोका दिँदा उनी खुसी बन्न सकेनन् ।

उनलाई चलचित्रमा नायकको रुपमा लिने हरेक निर्देशकले सबैभन्दा पहिले उनको कपालकै विषयमा चिन्ता गर्छन् ।

केही चलचित्रमा उनले आफ्नै कपालमा अभिनय पनि गरे । तर, राम्रो नदेखिएपछि नक्कली कपालको शरणमा आए । नक्कली कपालमा फिल्ममा देखिँदा राम्रै टिप्पणी पाउन थालेपछि उनले यसलाई खुसीसाथ स्विकार्ने गरेका छन् ।

जीवन लुइँटेल: कुनै समय आर्यन सिग्देलकै समकक्षी मानिने जीवन लुइँटेललाई पनि कपालले धोका दिएको छ । अभिनय र नृत्य राम्रै गर्ने उनी पनि कपालको मामिलामा भने अभागी ठहरिए ।

उमेर नपुग्दै कपाल पातलिएपछि उनले पनि नक्कली कपालको सहारामा आफूलाई प्रस्तुत गर्दै आएका छन् ।

पशुपति शर्मा:गीत गाउने मुख्य कामसँगै लोक गायक पशुपति शर्माले आफ्ना गीतमा आफैं मोडलिङ पनि गरेका छन् । कतिपय भिडियोमा दौरा-सुरुवाल र ढाकाटोपीमा अभिनय गरे पनि क्याजुअल ड्रेसमा भने ठाडो परेको कपालमै देखिने गरेका छन् ।

स्टेज कार्यक्रममा सहभागी हुँदा उनले नक्कली कपालको सहारा लिने गरेका छन् ।

श्रोत-मेचीकाली खबरबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *