यी हुन एप्पलको सेयर कमजोर हुनुका कारण

२०७५ मंसिर ६, बिहीबार १५:१० गते २०७५ मंसिर ६, बिहीबार १५:१० गते २०७५ मंसिर ६, बिहीबार १५:१० गते

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलको सेयर केहि समययता कमजोर बन्दै गएको छ।

एप्पल यसैवर्ष अमेरिकी इतिहासमै पहिलो पटक सय अर्बको कम्पनी बनेको थियो। तर केहि समययता एप्पलको बजार घट्दै गएको छ।

गत महिनाको अक्टोबरदेखि यस हप्तासम्म एप्पलको सेयर बजारमा २० प्रतिशतले गिरावट आएको छ। यसले अमेरिकी अर्थ बजारमा गहिरो धक्का लागेको छ।

१. लगानीकर्ताहरु आइफोन विक्रिबारे चिन्तित

यसैवर्षको सेप्टेम्बरमा एप्पलले आफ्नो सामान विक्रिबारे नयाँँ अवधारणा ल्याएको छ। तर त्यसले सामान विक्रिमा सहयोग पुर्याउँछ अथवा पुर्याउँदैन भन्नेमा कम्पनी आफैमा दोधारमा छ।

यस्तै एप्पलका फोनहरुको विक्रिमा समेत कमी आएपछि लगानीकर्ताहरु एप्पलमा लगानी गर्न आनाकानी गरिरहेका छन्। एप्पलले आफ्नो उत्पादनहरुको सहयोगकी कम्पनीसँग समेत सहकार्य रोकेपछि सेयर कमजोर भएको बुझिएको छ।

लुमेन्टमजस्ता कम्पनीसँगको सहकार्य रोकेपछि तनावको अवस्था सृजना भएको छ।

२. महंगो एप्पल सामाग्री

एप्पलले आफ्नो सामाग्री विक्रिमा कमी आएपछि महँगा फोनहरु बनाएर राजस्व संकलन गर्न चाहि रहेको छ। तर महँगो बनाउँदा अमेरिका तथा विश्वव्यापी रुपमै यसको विक्रि वितरणमा सुस्तता छाएको छ।

३. एप्पल सुविधाबारे अविश्वास

एप्पलले आफ्नो व्यापार सुविधाका लागि भनेर एप्पल पे, एप्पल म्यूजिक तथा एप स्टोर एप्लिकेशन बनाएको छ। सन् २०२० सम्म यस सुविधाबाट एप्पल ५० अर्ब अमेरिकी डलर राजस्व संकलनगर्न चाहान्छ।

तर लगानीकर्ताहरु एप्पल सुविधाबारे विश्वस्त छैनन्। एप्पले औपचारिक रुपमा आफ्नो योजनाबारे सार्वजनिक नगरेका कारण लगानीकर्तामा अविश्वास पलाएको बुझिएको छ।

४. व्यापार युद्ध

अमेरिका र चीनबीचको व्यापार युद्धका कारणपनि एप्पलको सेयर कमजोर बनेको हो। अमेरिका र चीनले दुवै देशमा आयात तथा निर्यात हुने सामाग्रीमा भारी कर बढाएका छन्।

हङकङ र ताइवानमा विक्रिहुने एप्पल सामाग्रीले २० प्रतिशत राजस्व संकलन हुने गरेको थियो। तर व्यापार युद्ध पश्चात चीनका विभिन्न क्षेत्रमा एप्पलका सामाग्रीले बजार लिन सहिरहेका छैनन्।

जसका कारण अब त्यहाँकै स्थानीय हुवावेजस्ता फोनले बजार लिने निश्चित छ।

श्रोत-नेपालखबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *