बेहुलीलाई अपमान गर्ने केन्याको मसाई संस्कृति

२०७५ मंसिर १०, सोमबार १७:०४ गते २०७५ मंसिर १०, सोमबार १७:०४ गते २०७५ मंसिर १०, सोमबार १७:०४ गते

विवाहको दिनलाई जीवनको महत्वपूर्ण र खास दिनका रुपमा लिइन्छ ।

वेहुलीलाई सम्मानपूर्वक घरमा भित्र्याउने परम्परा धेरै मुलुकमा छ । तर, मसाई संस्कृतिमा वेहुलीलाई विवाहकै दिन अपमान गरिन्छ ।केन्याको मसाई संस्कृतिमा विवाहको तरिका निकै अनौठो छ ।

यहाँ नव विवाहित दुलहीलाई अपमानित र प्रताडित पार्ने गर्छन् । त्यसैले यहाँ वेहुलीका लागि आफ्नो विवाहको दिन सुखद् हुँदैन ।

विवाह पश्चात वेहुलीलाई उनका ससुराली तर्फका मान्यजनहरुका साथ पठाइन्छ । र, ससुरालीमा उनको स्वागत जलिल गरेर, पिटेर, टाउकोमा गोवर हालेर गर्ने गरिन्छ ।

यहाँको संस्कार अनुसार वेहुलीका पिताले समेत आफ्नी छोरीलाई थुक्ने चलन छ । त्यसैले यहाँका वेहुलीका लागि विवाहको दिन सुखद् नभई अपमानजनक हुने गरेको छ ।

-न्युज २४

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed