दमक। झापाको दमकस्थित पत्रकार मंच दमकका अध्यक्ष मनकुमार गदालले एक युवतीलाई दुर्व्यवहार गरेर बेपत्ता भएका छन । गत मंसिर ८ गते शनिवार दमकस्थित स्टार एफ एमको आफ्नै कार्यकक्षमा एक युवतीलाई फोन गरेर बोलाएर युवतीमाथि दुव्यर्वहार गरेका हुन ।
गदाल विगत एक वर्ष अघिदेखि स्टार एफ् एमका स्टेशन म्यानेजरका रुपमा कार्यरत थिए । झापा तोपगाछीकी २३ बर्षिया युवतीलाई जन्मदिनको उपहार दिन भन्दै शनिबार बिहान नौ बजे आफ्नै कार्यकक्षमा गदालले बोलाएका थिए । युवती गदालको कार्यकक्षमा आए लगत्तै अध्यक्ष गदालले युवतीलाई प्रेम प्रस्ताव राखेका थिए । तर युवतीले सो पस्ताव ठाडै अस्विकार गरेपछि गदालले युवतीलाई आफुसँग प्रेम गर्ने अनि अर्को संग विवाह गर्न लागेको भन्दै धम्क्याएका थिए ।
त्यसपछि गदालले युवतीलाई केहि समय त्यहि बस्न भनि बाहिर निश्किएर नजिकैको पसलमा सिन्दुर किने आफ्नो कार्यकक्षमा पुगि युवतीलाई जवरजस्ति सिन्दुर लगाई दिएका थिए ।
गदाल स्वयमंले युवतीको घरमा फोन गरेर तपाईहरुकी छोरीलाई मैले सिन्दुर लगाए छोरी हराइन भनेर नआत्तिनु होला भनेर फोन समेत गरेका थिए । पीडित युवतीले घटनाभए लगत्तै आफनो घर परिवारमा फोन गरेर आफुमाथि दुर्व्यवहार भएको जानकारी गराएकी थिईन ।भने सो घटनापछि गदाल लगत्तै भागेका थिए ।
घटन भएको केहि समयमा नै युवतीका आफन्तहरु स्टार एफ एममा आइपुगेका थिए । आक्रोशीत आफन्त तथा ति युवतीकी आमाले गदालको कार्यकक्षमा तोडफोड समेत गरेका थिए । गदाल नेपाल मानब अधिकार संगठन झापाका उपाध्यक्ष, प्रेष चौतारी झापाका उपाध्यक्ष समेत रहेका छन ।
हाम्राकुरा बाट..
Views: 0