पैंचोमा ल्याइएका ‘बिजुली बस’ चल्नै पाएनन्

२०७५ मंसिर ११, मंगलवार १६:४५ गते २०७५ मंसिर ११, मंगलवार १६:४५ गते २०७५ मंसिर ११, मंगलवार १६:४५ गते

पेट्रोल र डिजेल गाडीलाई निरुत्साहित गर्दै सन् २०२० सम्ममा नेपालमा कुल सवारीसाधनको २० प्रतिशत विद्युतीय बनाउने प्रधानमन्त्री ओलीको घोषणा ताजै छ।

गत कात्तिक ६ गते बिजुली बसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यी विद्युतीय गाडीहरू यतिमैमात्र सीमित नभई ‘माछाले फुल पारेझै’ बिजुली गाडी थपिने दाबी गरे। तर प्रधानमन्त्रीको त्यो भाषण, भाषणमै सीमित भएको छ।

प्रधानमन्त्री, अर्थमन्त्री, नागरिक उड्ययन तथा पर्यटन मन्त्री, वन मन्त्री, काठमाडौं र ललितपुरका मेयर लगायत नेपालका उच्च व्यक्तित्व बोलाएर निकै तामझामको साथ सुरू गरिएको बिजुली गाडी उनीहरूलाई सिंहदरबार पुर्याएर त फर्कियो तर त्यसपछि भने न गाडीले सर्वसाधारण बोक्यो न त मन्त्री प्रधानमन्त्रीहरूले त्यसको बारेका चासो नै देखाए।

-सेतो पाटी 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed