सात बार मध्ये सबैभन्दा भाग्यमानी कुन वार जन्मेको ब्यक्ति हुन्छ ? कही तपाइको भाग्य पो चम्केको छ

२०७५ मंसिर १२, बुधबार २०:०३ गते २०७५ मंसिर १२, बुधबार २०:०३ गते २०७५ मंसिर १२, बुधबार २०:०३ गते

सात बार मध्ये सबैभन्दा भाग्यमानी कुन वार जन्मेको ब्यक्ति हुन्छ ? कही तपाइको भाग्य पो चम्केको छ
बुधबार, मंसिर १२, २०७५ १३:०६:५३

काठमाडौ ।कुनै पनि ब्यक्तिको बार अनुसार आफनो भाग्य तथा ग्रहहरु रहेको हुन्छन ।किनभने कुनै दिन जन्मेको मानिस कोही अन्धो हुने ,कोही अपाङ्ग हुने यस्तै यस्तै विभिन्न कारणले गर्दा प्रभाव परिरहेको हुन्छ ।तर हरेकको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ ।यहिअनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गरेको ज्योतिष शास्त्रीहरुले बताएका छन।

त्यसैगरी आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो ।त्यसैगरी मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । यी ग्रहहरुले तपाईको जीवनमा ठुलो धक्का दिने भएकाले आफनो बारअनुसार एकचोटी जानी राख्न आवश्यक हुन्छ ।

त्यसैले क्रमश तल हेरौ,
सुरुवातमा आइतवार ,यो वार जन्मिने व्यक्ति निकै भाग्यमानी हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने व्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुशी राख्न अधिक प्रयास गर्छन् । तर यस दिन जन्मेका व्यक्तिहरुलाई २० देखि २२ वर्षको उमेर सम्म दुःख कष्ट हुन् गर्छ । आइतबार जन्मिने महिला दानपुण्य गर्ने र निकै चलाख हुने गर्छन। यिनीहरुले २२ वर्ष पछि अधिक धन लाभ गर्ने अवसर पाउने छन ।

त्यसैगरी सोमबार जन्मिने व्यक्तिहरु जन्मिने व्यक्ति विध्वान, कला कुशल र बहादुर पनि हुनुका साथै बोलीमा निकै मिठासपन पाउन सकिन्छ । यस्ता व्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किनभने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ ।। यो वार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।
त्यसैगरी मंगलबार जन्म भएका व्यक्तिहरु निकै भाग्यशाली र धनवान हुने गर्छन। तर यस दिन जन्मेका महिलाहरु भने निकै कठोर प्रकृतिका हुने गर्छन।

त्यसैगरी बुधवार यस जन्मेका व्यक्तिहरु धर्म कर्ममा साथै आफ्नो काममा निकै चासो दिने भएकाले प्रशस्त धन सम्पति आर्जन गर्ने अवसर मिल्नेछ भने यिनीहरुलाई ८ र २२ वर्षको उमेरमा केहि रोग वा कष्ट पर्ने भएपनि जीवन सामान्य रहने हुन्छ ।

त्यसैगरी विहीवार जन्मिने पुरुषहरु निकै विध्वान र पराक्रमी हुने गर्छन। विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।तर ३० वर्ष उमेर नाघे पछि यिनीहरुको भाग्य खुल्ने र सोचेभन्दा बढी धन सम्पति कमाउने अवसर मिल्नेछ।
त्यसैगरी शुक्रबार जन्मिले व्यक्तिहरु निकै रोमान्चक स्वभावका हुन्छ । उनीहरुको मिठो स्वरले सबैको मन जित्न सफल हुनेगर्छन। यस बर जन्मिने व्यक्तिहरुलाई २० र २४ वर्षको उमेर मा दुख कष्ट पर्ने भएपनि आफ्नो कडा मेहेनत र परिश्रमको बावजुद प्रशस्त धन आर्जन गर्न सक्छन।
र अन्त्यमा शनिवार रहेको छ ।यो वार जन्म भएका व्यक्तिहरु अर्काको नोकरी भन्दा पनि आफ्नै व्यापार गर्न रुचाउने गर्छन। यिनीहरुको बाल्यकाल केहि कष्टपूर्ण हुने भएपनि त्यसपश्चातको पुरै जीवन खुशी र सुखी बित्नेछ। यस दिन जन्मेका व्यक्तिहरुले २० ,२५ र ४५ वर्षको उमेरमा केही समस्याहरु सामना गर्नुपर्नेछ। यिनीहरु प्रशस्त धन आर्जन गर्न सफल हुनेछन् ।माथि जे जस्तो लेखिए पनि आफनो कर्ममा विश्वास गर्नुस तपाइ पक्कै पनि सफल हुनु हुनेछ ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *