२ वर्षको फुच्चेलाई बुबाले हातमा सियो र धागो थमाइदिए। मनले समात्न मानेकै थिएन। तर बुबाको अगाडि ठाडो शीर उठाएर हेर्ने हिम्मत नभएको बेला ‘नाई’ भन्ने शक्ति हेमराज शाक्यलाई आउँदै आएन। जे अराएको हो, ‘हस’ भनेर गर्ने शाक्यलाई ७७ वर्षको हुँदा त्यही सीप खर्च जोहो गर्ने माध्यम बनेको छ।
वि सं १९९९ मा हेमराज शाक्यको जन्म पाटनको न्हः टोलमा भयो। एउटा मात्र छोरा, बाबुआमाको सहयोगी। शाक्यका दिदी र बहिनी छन्। शाक्यको परिवारको पुर्ख्यौली पेशा हो सिलाई। शाक्यका बुबा दरबारमा काम गर्थे। २०२८ सालबाट बुबाले दरबारमा सिलाइ बुनाइको काम गर्न थाले। २०३६ सालमा बुबा स्वर्गे भएपछि हेमराज
पुर्ख्यौली बिँडो थाम्दै।
राजा वीरेन्द्रको वंश नाश भएपछि दरबार जाने उनको बाटो पनि बन्द भयो। ‘धेरै अगाडिदेखि म दरबार गएको नै थिइन।’
ललितपुर महानगरपालिका भवन भन्दा पछाडि पर्छ न्हःटोल। बाटोको छेवैमा भएको गणेश मन्दिरको साइडमा सानो गल्ली छिर्ने बाटो छ। ढोकाको माथिपट्टि सानो होडिङ्ग बोर्ड। भित्र थोरै खुल्ला ठाउँ। वरिपरी घर। त्यहाँ उभिएका अग्ला घरहरुमध्ये एउटा घरको ढोका नजिकै बाहिरको जस्तै बोर्ड छ। बोर्डमा लेखिएको छ, ‘एचआर टेलर्स’ ढाकाको दौरा सुरुवाल लगाएका एउटा पुरुष नमस्कार गरिरहेका छन्।
खाटको सिरानी पट्टी बाहिर निस्कले झ्याल छ, बाहिरको बार्दलीमा सिलाइ लक गर्ने मेशिन। टेबलमा शाक्य उभिएर काम गरिरहेका हुन्छन्। उनको पछाडि अर्को खाटमा उनकी श्रीमति, सिलाई टिपिरहेकी हुन्छिन्, मोटो चश्मा लगाएर। उनीहरुको दैनिकी सधैँ जसो उस्तै छ।
बिहान चार बजे उठ्ने, मुख धुने, नित्य पूजा गर्ने। अनि काम गर्न थाल्ने। उनलाई पूजा गर्न अलि समय लाग्छ। आधाघण्टा, कहिलेकाँही ४५ मिनेट पनि। बेलुका पनि सुत्दा ११ नै बज्छ। कम निदाउछन् शाक्य। उनी भन्छन्, ‘बानी नै भईसक्यो, सानैदेखि बाले १ दुई घण्टामात्र सुत्न दिन्थे।’ उनको परिवारमा राणा शासन जस्तो व्यवस्था थियो। शाक्यका बुवा एकदमै कडा स्वाभावका, हातका केही खत देखाउँदै उनले भने, ‘निन्द्राले झुम्म पार्दा पार्दै काम गर्दा कतिपल्ट सियोले घोचेको छ।’
भित्तामा रातो बत्ति छ। झ्यालबाट आएको बत्तीको प्रकाश कम भयो भने उनी त्यही बत्ती पिलिक्क बालिहाल्छन्।
तर अहिले पनि उनी त्यही काममा छन् जसलाई उनले निन्द्रामा झुलि झुलि, हातमा खोपी खोपी सिके। दौराको बाउला कैँचीले काट्दै उनले भनेँ, ‘मैले मेरो सन्तानलाई यो काम सिकाइन।’
उनको परिवार अहिले ५ जनाको छ। हेमराजका बुढाबुढि अनि उनको छोराको परिवार। छोरा र नाति हस्तकलाका काम गर्छन्। दुई नातिमध्येका जेठा प्रदिप शाक्य थांका चित्र कोर्दै थिए।
तर श्रीमति चन्द्रदेवी शाक्य भने उनको सहयोगी भईन्। काम पहिला जानेको थिएन, सघाउँदा सघाउँदै आयो।
Views: 0