काठमाडौँका सडकमा ‘स्मार्ट सोलार डस्टविन’–फोटोफिचर

२०७५ मंसिर १२, बुधबार २१:२० गते २०७५ मंसिर १२, बुधबार २१:२० गते २०७५ मंसिर १२, बुधबार २१:२० गते

काठमाडौँ,१२ मंसिर । काठमाडौँ महानगरपालिकासंगको सहकार्यमा कृष्ण सप्लायर्सले उपत्यकाका ७० स्थानमा स्मार्ट डस्टबिन राखेको छ। मानिषहरुको अत्यधिक भिडभाड रहने स्थानलाई प्राथमिक्तामा राखेर डस्टबिन राखिएको कृष्ण सप्लायर्सका निर्देशक शैलेश कुँवरले जानकारी गराएका छन ।

कुँवरका अनुसार एक हप्ताभित्रमा ७० वटा स्थानमा डस्टबिन राखिसक्ने गरि अहिलेलाई माइतीघर मण्डला, बिजुलीबजार, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिललगायत स्थानमा स्मार्ट डस्टबिन राखिसकिएको छ।

“यस किसिमको भाँडो अत्याधुनिक छ,यसले फोहर सङ्कलन मात्रै गर्दैन, रातको समयमा सडकमा हिँड्ने यात्रुलाई बत्तीमार्फत उज्यालो पनि दिन्छ भने यसबाट मोबाइल चार्जसमेत हुन्छ, यसले जानकारी लिनका लागि नक्सा निर्देशको काम पनि गर्दछ’उनले जानकारी गराए ।

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सहयोग पुहोस् भनेर यो कार्यकोशुरुवात गरिएको उनले बताए। डस्टबिनको प्रभावकारिता हेरी दोस्रोचरणमा काठमाडौँ उपत्यकोका बाँकी स्थानमा र बाहिरी जिल्लाका मुख्य शहरमा पनि यसको प्रयोग विस्तार गरिने कुँवरले जानकारी गराएका छन ।

कुहिने र नकुहिने दुवै किसिमका फोहर राख्न मिल्ने ती भाँडोको मुल्य प्रतिवटा ६ लाख रुपैयाँ पर्न गएको कुँवरले जनाएका छन । डस्टबिन चीनबाट आयात गरिएको उनले बताए

रिपोर्ड्स नेपाल बाट 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *