कोटेश्वर–भक्तपुर सुरुङमार्ग बनाउन जापान सकारात्मक

२०७५ मंसिर १२, बुधबार २१:२८ गते २०७५ मंसिर १२, बुधबार २१:२८ गते २०७५ मंसिर १२, बुधबार २१:२८ गते

काठमाडौँ – कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग बनाउन जापान सरकार सकारात्मक देखिएको छ ।

पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले  परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भ्रमणका क्रममा जापान सरकारले  सुरुङमार्ग बनाउने अनौपचारिक सहमति जनाएको जानकारी दिए ।
उनले सहमतिअनुसार कोटेश्वर सुरुङमार्ग र सूर्यबिनायक–धुलिखेल ६ लेनको सडक निर्माणका लागि चाँडै सहमति पत्रमा हस्ताक्षर गरिने पनि जानकारी दिए ।

यसैबीच परराष्ट्र मन्त्रीको भ्रमणका क्रममा अनौपचारिक सहमति जुटेपछि जापानी प्रतिनिधिहरुले सडक विभागका अधिकारीहरुसँग आवश्यक छलफल गरेका छन् ।

सो छलफलमा सांसद महेश बस्नेत, विभागका उप–महानिर्देशक सञ्जय श्रेष्ठ, कोटेश्वर–सिन्धुली सडकको डिभिजन इन्जिनियर राकेश महर्जन लगायत सहभागि थिए ।

सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले एक महिनापछि सुरूङमार्गको अध्ययन थालिने जानकारी दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *